बैंक/ बिमा

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको स्वाप रेसियो टुंगियो, समान हैसियतमा गाभिने

मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन (डीडीए रिपोर्ट) र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो ।

१६ अर्ब ६३ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, सोमवार बोलकबोल

नेपाल राष्ट्र बैंकले सोमवार १६ अर्ब ६३ करोड रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको हो ।

बैंकहरुमा ११ अर्ब ५४ करोड निक्षेप थपिँदा कर्जा प्रवाह १ अर्बमा सीमित, सीडी रेसियो...

नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुमा एक साताको अवधिमा (मंसिर ९ गतेदेखि १६ गतेसम्म) ११ अर्ब ५४ करोड रुपैयाँ निक्षेप बढेको छ ।

वाणिज्य बैंकको नाफा साढे २४ अर्ब, धेरै कमाउनेमा नबिल, एनआईसी र ग्लोबल आइएमई

गत वर्षको सोही अवधिको तुलनामा कर्जा लगानी खुम्चिए पनि ब्याजदर बढ्दा बैंकहरूको नाफा बढेको हो । असोजमा बैंकहरुले १८ अर्ब ३१ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेकामा कात्तिकमा ३४ प्रतिशतले बढेर २४ अर्ब ५३ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

ग्लोबल आईएमई बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत ५९ कर्मचारी सम्मानित

अध्यक्ष ढकालले १५ वर्ष पूरा गर्दा बैंक अधिकांश वित्तीय सूचकहरुमा अब्बल बन्न सफल रहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सेवालाई ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।

बीओकेसँगको मर्जरपछि ग्लोबल आईएमई बन्यो नेपालकै ठूलो बैंक, पूँजी ५७ अर्ब

गत असारमा मर्जर सम्झौता गरेका बैंकले चार महिनापछि एकीकृत काराेबार सुरू गरेका छन् । दुवै बैंकबीच १:१काे सेयर अनुपातमा मर्जरमा जाने सहमति भएकाे थियाे । साेही अनुसार मर्जर गरेर एकीकृत काराेबार गरेका गरेका हुन् ।

माघ महिनादेखि वाणिज्य बैंकहरूले ब्याजदर घटाउने

संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशत कायम हुनेछ । बैंकहरूले गत असोजदेखि निक्षेपको ब्याज बढाउँदै आएको थिए । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम तरलताको स्थिति सुधारोन्मुख छ।

विदेशमा गरिने लगानीमा राष्ट्र बैंकको थप कडाइ

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १० (क) ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र सोही ऐनको दफा (ग) ले राष्ट्र बैंकले तोकिदिएको व्यवस्था बमोजिम बाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिनेसम्बन्धी कार्य गर्न प्रतिबन्धित गरेको छ ।

हट्यो आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था

केन्द्रीय बैंकले ढुकुटीमा विदेशी विनिमय सञ्चिति संकट गहिरिएपछि आयातमा कडाइ गर्न एक वर्षदेखि आयातको प्रतिपत्र (एलसी) मा ५० देखि शत प्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको थियो ।

विद्यार्थीहरुसँग बीमा सम्बन्धी अन्तरक्रिया

बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज नुवाकोटको दुप्चेश्वर–६, समुन्द्रटारस्थित रुक्मणी माध्यमिक विद्यालयमा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।