बैंक/ बिमा

सिन्धु विकास बैंकमा रोजगारीको अवसर,कसरी दिने आवेदन ?

सिन्धु विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

एक महिनामै थपिए ३ लाख वालेट प्रयोगकर्ता, कनेक्ट आइपीएस प्रयोग गर्ने साढे ९ लाख

डिजिटल बैंकिङ प्रयोगकर्ताको उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक तथ्यांक अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार गर्ने प्रयोगकर्ताको संख्या उल्लेख्य रुपमा वृद्धि भएको हो ।

रिपोमार्फत ५० अर्ब पठाउँदै राष्ट्र बैंक, दिउँसो २ बजे बोलकबोल

यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको राष्ट्र बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँड अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रवाह हुन जान्छ ।

ग्लोबल आईएमई र बीओकेलाई मर्जरको अन्तिम स्वीकृति, नाम भने परिवर्तन

यसअघि ग्लोबल आईएमई बैंक र बीओकेबीच मर्जर प्रयोजनका लागि २०७९ असार २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कात्तिक २८ गते अन्तिम सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

एनआईसी एसियाको १० वटा क्यास डिपोजिट मेसिन एकै दिन सञ्चालनमा, सहजै नगद जम्मा गर्न...

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

नबिल बैंकको खुद नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी २५.२६ रुपैयाँ

नबिल बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५६.६७ प्रतिशतले बढेको छ ।

सिभिल र हिमालयन बैंकले पाए मर्जरको अन्तिम स्वीकृति, एकीकृत कारोबारको बाटो खुल्यो

हिमालयनले सिभिललाई १ सय बराबर ८०.२८ सेयर मिलान अनुपात (स्वाप रेसियो) मा प्राप्ति गर्न लागेको हो । यसको अर्थ सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकको ८० कित्ता पाउने छन् ।

मोबाइल र इण्टरनेट बैंकिङको कारोबार सीमा बढ्यो (पूर्णपाठ)

बैंकले मोबाइल बैंकिङ र इण्टरनेट बैंकिङको दैनिक कारोबार सीमा बढाएको छ । मोबाइल बैंकिङ (क्युआर कोड समेत) बाट यसअघि प्रतिदिन रू दुई लाखसम्म कारोबार गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन रू तीन लाखसम्म कारोबार गर्न सकिने बनाइएको छ ।

अब बैंकले एकतर्फी रूपमा सेवा शुल्क लिन नपाउने

नेपाल राष्ट्र बैंकले अब अनुमतिबिना सेवाग्राहीसँग सेवा शुल्क लिएमा सो सेवा शुल्कमा १० प्रतिशत थपेर बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई फिर्ता दिनुपर्ने व्यवस्था गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर ‘मुन्द्रेको कमेडी क्लब’को मुख्य प्रायोजक

सिटी एक्सप्रेस मनी ट्रान्सफर लोकप्रिय कमेडी सो मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ ।