बैंक/ बिमा

डलर कार्ड प्रयोगमा कडाइ, यी १८ वस्तु तथा सेवामा कार्ड प्रयोग गर्न नपाइने

राष्ट्र बैंकका अनुसार अब बीमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी, मनी अर्डर (वायर ट्रान्सफर), वित्तीय कारोबारको शुल्क, धितोपत्र दलालरडिलर्स, रियल इस्टेट एजेन्ट तथा म्यानेजर (रेन्टल), बीमा विक्री, अन्डराइटिङ तथा प्रिमियममा डलर कार्डमार्फत भुक्तानी गर्न पाइने छैन ।

निःशुल्क सी–आस्बा सेवा दिने बैंकको संख्या बढ्दै, नेपाल बैंक पनि शुल्क नलाग्ने

सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) भर्दा लाग्ने शुल्क (आस्वा चार्ज) नलिने भएको छ ।

चाडपर्व नजिकिएसँगै बैंकहरुको निक्षेपमा सुधार, एक सातामा थपियो ११ अर्ब

भदौको दोस्रो सातामा ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप तेस्रोसातामा ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । भदौ पहिलो सातामा भने उक्त निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँमै सीमित थियो ।

शोधनान्तर स्थिति २२ अर्ब ६३ करोडले घाटामा

चालु आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने मुद्राको अन्तर) २२ अर्ब ६३ करोडले घाटामा रहेको छ ।

एनएमबि बैंकको भिजा डाइरेक्ट सेवा शुरु, रेमिट्यान्स रकम सोझै खातामा आउने

एनएमबि बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा डाइरेक्ट सेवा शुरु गरेको छ ।

एनएमबि बैंकले प्लाष्टिकरहित सस्तो बजार आयोजना गर्ने

एनएमबि बैंकले नेपाली बैंकिङ्ग जगतमै पहिलो पटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवर्द्धन र प्रोत्साहन हुने गरी प्लाष्टिकरहित बजारको आयोजना गर्न लागेको छ ।

१२ अर्ब १० करोड रुपैयाँँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, आइतवार बोलकबोल

नेपाल राष्ट्र बैंकले आगामी आईतवार पुुनः १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको हो ।

ब्याजदरमा अर्थमन्त्रीको चासो कति जायज ?

अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्था तथा व्यवसायिक क्षेत्रबाट देखाइएको चासोबारे विश्लेषण गरी सुझाव दिन समिति गठन गरेका छन् । कतिपयले अर्थमन्त्रीको यो सक्रियतालाई भने अस्वभाविक मानेका छन् ।

एनआईसी एशिया बैंकको सीइओमा पून: न्यौपाने, थप ४ वर्षको कार्यकाल

काठमाडौं, १७ कात्तिक । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने पुन: नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपानेलाई दोहोर्‍याउने निणर्य गरेको हो। आगामी मंसिर १५...

नेपाल लाइफ इन्स्योरेन्स एनपिएसमा आबद्ध

नेपाल लाइफ इन्स्योरेन्स पनि अब एनपिएसमा आबद्ध भएको छ।