बैंक/ बिमा

आइएमई रेमिटेन्स २४ औं वर्षमा प्रवेश

आइएमई ग्रुपका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भइसकेको रेमिटेन्सलाइ वैधानिक माध्यमबाट स्वदेश भित्राउने व्यवसाय मार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा योगदान गरिरहेको बताए ।

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि...

डलरको मूल्यमा निरन्तर रेकर्ड

डलरको मूल्यमा निरन्तर रेकर्ड कायम भएको छ । डलरको मूल्यले मंगलबार नयाँ रेकर्ड बनाएकोमा बुधबार तोडिएको थियो । बुधबारको रकेर्ड आज (बिहीबार) तोडिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा रहेको छ।

नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

नबिल बैंक लिमिटेडले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र ’नबिल डिबेन्चर २०८७’ निष्कासन गर्ने भएको छ।

उपत्यकामा कार्यरत ४० कर्मचारीलाई हिमालयन एभरेष्ट इन्स्योरेन्सले दियो स्मार्टफोन

हिमालयन एभरेष्ट इन्स्योन्स लिमिटेडले काठमाडौं उपत्यकामा कार्यरत कर्मचारीहरुलाई स्मार्टफोन वितरण गरेको छ ।

चीन र श्रीलकासँग पनि क्रस बोर्डर डिजिटल भुक्तानीको तयारीमा नेपाल

नेपालले चीन र श्रीलंकासँग पनि क्रस बोर्डर डिजिटल भुक्तानीका लागि काम सुरु गरेको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिएका छन् । नेपाली भुक्तानी सेवा प्रदायक कम्पनीहरूलाई चीनको अली पे र श्रीलंकाको लंका पेसँग क्रसबोर्डर डिजिटल भुक्तानीका लागि सिस्टम इन्ट्रिग्रेसनको स्वीकृति दिएर प्रक्रिया अगाडि बढेको गभर्नर अधिकारीले जानकारी दिए ।

ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छिन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा...

मौद्रिक नीति शुक्रबार सार्वजनिक हुँदै

मौद्रिक नीति सार्वजनिक हुँदैछ । राष्ट्र बैंक सञ्चालक समितिमा गत शुक्रबार नै मौद्रिक नीतिमा सामान्य छलफल भएको थियो । तर, राष्ट्र बैंकको गभर्नरसमेत रहिसकेका डा युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेपछि मौद्रिक नीति अघिल्लो साता रोकिएको थियो ।

संस्थाहरुलाई दिइने सेयर धितो कर्जामा अधिकतम २० करोडको सीमा खारेज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २० करोडको सीमा खारेज भएको छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दैयस्तो जानकारी दिएका हुन् । मौद्रिक...

मौद्रिक नीति सन्तुलित र समयसापेक्ष भन्दै सिविफीनले गर्यो स्वागत

मौद्रिक नीतिले समग्र निजी क्षेत्रमा खस्केको मनोबल र गिरेको आत्मविश्वासलाई जागृत गराउँदै विगत केही वर्षयता शिथिल हुँदै आएका आर्थिक गतिविधि र अर्थतन्त्रलाई जीवन्त बनाउने सिविफीनले बताएको छ ।