बैंक/ बिमा

‘स्टार्टअप’ का लागि राष्ट्रिय वाणिज्य बैंकले कर्जा दिने, त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको उपस्थितिमा स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता भएको छ ।

महालक्ष्मी विकास बैंकको सीइओमा दिपेश लम्साल

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका लम्साललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।

नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफामा सुधार

नेपाल लाइफ इन्स्योरेन्सले खुद नाफामा सुधार आएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १२.९० प्रतिशतले बढेको हो ।

शोधनान्तर स्थिति २ खर्ब ७३ अर्बले बचतमा

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३५ अर्ब ५७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २१ करोडले बचतमा रहेको छ ।

विदेशी विनिमय सञ्चिति १८ खर्ब १६ अर्ब मौज्दात, भारतीय मुद्राको अंश २२.५ प्रतिशत

२०८० पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.८ प्रतिशत, १००.९ प्रतिशत र २७.७ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।

ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

माघ ५ गते (फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म) तीन महिना सञ्चालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आईएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिद मूल्यमा १५ प्रतिशतसम्म छुट पाउनेछन्।

६ महिनामा ६ अर्ब ५४ करोडको बीमा पोलिसी ‘सरेन्डर’

नेपाली बीमा बजारमा पोलिसी सरेन्डर (समर्पण/त्याग) गर्ने दर निरन्तर बढ्दै गएको छ। आर्थिक मन्दीका कारण मानिसको आम्दानी खुम्चिँदा नियमित प्रिमियम तिर्न सकेका छैनन् ।

ग्लोबल आइएमई बैंकलाई आईएफसीको साढे ७ अर्ब ऋण

यो लगानी महिलाद्वारा सञ्चालित व्यवसायहरुलगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री आयोजनालाई सहयोग गर्न परिचालन गरिनेछ ।

स्टार्टअप कर्जाका लागि प्रस्ताव माग

सरकारले स्टार्टअप उद्यामीलाई सहुलियतपूर्ण कर्जाका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले शुक्रबार एक सूचना जारी गर्दै परियोजना प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

‘स्टार्टअप’ उद्यमीलाई ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण, कसरी लिने सुविधा ?

कार्यविधिमा स्टार्टअप कर्जा लिएर नतिरे उद्यमीको राहदानी र चलअचल सम्पत्ति खरिद बिक्री रोक्का हुने उल्लेख छ। उद्यमीको बैंक तथा वित्तीय संस्थामा रहेको खाता रोक्का हुनेछ भने सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता तथा अन्य सेवा–सुविधाबाट वञ्चित गराइने भनिएको छ।