घरको नक्सा पास गर्न महानगरको फेरि दियो ३५ दिने ‘अल्टिमेटम’
यसअघि भदौ २३ गते ९० दिनको सूचना निकालेको महानगरले बुधबार सार्वजनिक सूचना निकालेर माण्डदण्ड अनुकुल भएका तर नक्सापास नभएका भवनहरूलाई ३५ दिनभित्र नक्सा स्वीकृत र नियमित गर्न निर्देशन दिएको हो।
आर्थिक मन्दी कायमै, समग्र बजार माग ३६ प्रतिशतले घट्यो
सरकार र नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा सुधार आइरहेको बताए पनि एक अध्ययनले भने आर्थिक मन्दी कायमै रहेको देखाएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले चालु आर्थिक वर्ष पहिलो त्रैमासको आर्थिक स्थितिका विषयमा गरेको सर्वेक्षणले अर्थतन्त्रमा सुधार नआएको देखाएको हो ।
प्रधानमन्त्रीको निर्देशन-‘बूढीगण्डकी बहुआयामिक आयोजना हो, काम छिटो अगाडि बढाउनुस्’
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बूढीगण्डकी जलासययुक्त जलविद्युत आयोजना नेपालको राष्ट्रिय गौरवको परियोजना भएकाले काममा तीव्रता दिन निर्देशन दिएका छन्।
यातायात व्यवसायी र सरकारबीच सहमति, अग्रिम बुकिङ खुलाउने तयारी
चाडपर्व लक्षित गरी सडक मर्मत र अग्रिम टिकट बुकिङबारे सरोकारवालबीच छलफल भएको छ । सरकार र यातायात व्यवसायीबीच आज भएको छलफलमा घटस्थापना अगाडि नै बिग्रिएका सडक मर्मत गरिसक्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ । घटस्थापना १७ गते परेको छ ।
ताप्लेजुङ-दार्चुला ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति गरिने, द्रूतमार्ग तोकिएकै समयमा सम्पन्न...
सरकारले प्रदेश १ को ताप्लेजुङदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति गर्ने भएको छ।
घरजग्गा कर्जामा कडाइ, उपत्यकामा धितोको ३० प्रतिशत मात्रै ऋण पाइने
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमार्फत घरजग्गा धितोमा पाइने कर्जामा कडाइ गरेको छ।
सरकारी जग्गा अतिक्रमण गरेर बनाएका संरचना हटाउन प्राधिकरणले समेत दियो ३५...
काठमाडौं उपत्यका विकास प्राधिकरणले खोलालगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउने गरी अल्टिमेटम दिएको छ । ३५ दिनभित्र त्यस्ता संरचना नहटाए प्राधिकरण आफैँले हटाउने भएको छ ।
‘राज्यले दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता...
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।
सार्वजनिक स्थानमा विज्ञापनका पर्चा, पम्पलेट टाँसे एक लाख जरिवाना
सर्वसाधारणको सुरक्षा, सहरी सुन्दरता, सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने भन्दै काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि ठाउँमा विज्ञापन गर्न नपाइने निर्णय गरेको हो।
मुग्लिन-पोखरा सडक विस्तार गर्न दमौली बजारका ७४ घर भत्काइँदै
मुग्लिन–पोखरा सडक विस्तार योजना पूर्वीखण्डका इन्जिनियर, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रसहितका पदाधिकारीको बैठकले बाटो विस्तारका निम्ति भत्काउनुपर्ने ठहर भएका घर यथाशीघ्र भत्काउने निर्णय गरेको हो ।