एप्पलले भन्यो ‘भिजेको फोनलाई चामलको बोरामा नराख्नुस, विग्रन सक्छ’

काठमाडौं । हातमा लिइरहेको मोबाइल एक्कासी झरेर पानीमा पर्यो । यस्तो अवस्थामा तपाँई के गर्नुहुन्छ? धेरैको उत्तर आउनसक्छ मोवाइल स्वीचअफ गरेर चामलको बोरा या बट्टामा राख्छु ।

यसले मोवाइलको पानी सोस्छ भन्ने विश्वासका साथ यस्तो गरिएको हो । तर धेरै विशषज्ञले भने चामलले भिजेको मोवाइलको पानी सुकाउन काम नगर्ने बताउदै आएका छन् । यसैबीच एप्पलले भिजेको आइफोन चामलको बारोमा राख्दा चामलले फोनलाई नै विगार्नसक्ने बताएको छ ।

प्रविधिको लोकप्रियताको बावजुद, विशेषज्ञहरूले लामो समयदेखि यसको विरुद्ध चेतावनी दिँदै आएका छन्, परीक्षणहरूले सुझाव दिएका छन् कि यसले काम गर्दैन। अब टेक जायन्टआफैले प्रयोगकर्ताहरूलाई निर्देशन प्रकाशित गरेको छ कि यसले अनाजको सानो कणहरूले उनीहरूको उपकरणहरूलाई क्षति पुर्याउन सक्छ।

यसको सट्टामा कुनै पनि तरल पदार्थलाई बिस्तारै तर्काएर फोन कनेक्टरलाई तल फर्काएर एकछिन सुख्खा हुन दिनुपर्ने बताइएको छ । भिजेको फोनलाई चार्जरमा पुनस् जडान गर्नु अघि केहि एयरफ्लो भएको सुक्खा क्षेत्रमा छोड्न मार्गदर्शन गरेको छ ।

एप्पलका अनुसार पुरानो आइफोनमा ‘लिक्विड डिटेक्ट’ अलर्ट हुन्छ । भिजेको फोन चार्ज गर्न खोज्दा त्यस्तो अलर्ट बज्छ । त्यस्तो अवस्थामा चार्जर निकालेर कनेक्टरलाई तलपट्टि पर्नेगरी आधा घण्टादेखि एक घण्टासम्म राख्नुपर्छ ।

फोनमा भएको पानी निस्किन्छ र फोन पहिलेकै अवस्थामा आउँछ । फोनमा छिरेको पानी बाहिर ल्याउन तातो लगाउने वा भ्याक्युम तथा ड्रायर प्रयोग गर्नु हुँदैन । त्यस्तै कनेक्टरमा कपास राख्न पनी हुदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here