सिटिजन्सद्वारा कमलादीमा आफ्नै सुविधा सम्पन्न भवनबाट बैंकिङ सेवा सञ्चालन

काठमाडौं , २४ कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८५ औं शाखा आफ्नै सुविधा सम्पन्न भवन काठमाडौँको कमलादीमा संचालनमा ल्याएको छ । कात्तिक २४ गते उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरिएको छ ।

करिव ५ हजार ४ सय ४२ वर्ग फीटमा फैलिएको उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

करिव १३ वर्ष अघि कमलादीबाट नै यस बैंकले बैंकिंग कारोवारको शुभारम्भ गरेकोमा र १० वर्षको सफल बैंकिंग कारोवारपछि २०७३ सालमा नारायणहिटीपथमा स्थित बैंकको आफ्नै भवनबाट मुख्य कार्यालय तथा दरबारमार्ग शाखा मार्फत बैंकिंग सेवा सुबिधा प्रदान गर्दै आएको छ ।

हाल उक्त क्षेत्रको बासिन्दा तथा व्यवसायीहरूलाई एटीएम मार्फत मात्र सेवा प्रदान गर्दै आएकोमा अब सम्पूर्ण बैंकिंग सेवा सुविधा छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा प्रदान गर्ने हेतुले उक्त शाखा संचालनमा ल्याईएको कुरा बैंकले जनाएको छ ।

बैंकको सुरुवाती दौरानमा बैंकले ग्राहक महानुभावहरुबाट पाएको अपार सहयोगको पुनरावृति हुने कुरामा बैंक विश्वस्त छ ।

अत्याधुनिक प्रविधियुक्त यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याँउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here