स्मार्टफोन बोक्नुहुन्छ ? स्मार्टफोनसँग छुटाउनै नहुने पाँच चीज

काठमाडौं । स्मार्टफोन मानव जीवनको यति अभिन्न अंग बनिसक्यो कि, शौचालय जाँदासमेत मानिसको साथबाट छुट्दैन् ।

कमै मात्र मानिसहरु होला् जो आजभोली स्मार्टफोनको प्रयोग गर्दैनन् । यसरी हाम्रो जीवनको अभिन्न अंग बनिसकेको स्मार्टफोनको सुरक्षा पनि एक महत्वपुर्ण कुरा हो ।

दैनिक रुपमा प्रयो गरिने स्मार्टफोनको सुरक्षा र सहजताका लागि तपाईले केही थप उपकरणहरु बोक्नुपर्छ जसले तपाईको स्मार्टफोन प्रयोग र सुरक्षामा सहयोग गर्छ ।

त्यसो भन्दैमा तपाईले फोनसँगै दर्जनौं अन्य समानहरु पनि बोक्नुपर्ने होईन् तर, आज हामी तपाईलाई केही पाँचवटा यस्ता आधारभूत चीजबारे जानकारी दिँदै छौं, जसको कारण तपाईको स्मार्टफोन सुरक्षित हुनुका साथै प्रयोगमा सहजता पनि आउनेछ ।

१. स्क्रिन सुरक्षा कवच

तपाईंको स्क्रिन कोरिनबाट जोगाउन ‘स्क्रिन प्रोटेक्टर’ सवैभन्दा महत्वपूर्ण साधन हो । स्मार्टफोन नियमित प्रयोग गर्दा स्क्रिन कोरिने र त्यसै कारण फोन छिटै पुरानो र नराम्रो देखिने हुन्छ ।

स्क्रिनमा बाहिरबाट टाँसिने प्लास्टिक कभर नै स्क्रिन प्रोटेक्टर हो । निकै कम मूल्यमा पाइने यस्ता प्रोटेक्टरले तपाईको हजारौं रुपैयाँ पर्ने महंगो फोनको स्क्रिन जोगाइदिन्छ । स्क्रिन प्रोटेक्टर प्रयोगले टच स्क्रिनको कार्यक्षमता कमजोर हुने भ्रम रहे पनि त्यो सत्य हैन् । बजारमा बिभिन्न सुबिधायुक्त स्क्रिन प्रोटेक्टर उपलब्ध छन् ।

२. फोन कभर

नयाँ स्मार्टफोन किन्दा त्यसको डिजाइन यतिआर्कषक हुन्छ कि यस्तो राम्रो फोनलाई किन कुरुप कभरभित्र लुकाएर राख्ने भन्ने लाग्छ सक्छ ।

तर, त्यही स्क्रिन कभर तपाईको महंगो फोनको सुरक्षाकवच हो, जसले कुनै पनि बेला फोन हातबाट खस्दा समेत जोगादिन्छ । हाम्रो जस्तो धुलोयुक्त मुलुकमा धुलोका कारण फोन कोरिने र फोहोर हुने समस्या पनि धेरै हुन्छ ।

त्यसैले महंगो होस् वा सस्तो, फोन कभरको प्रयोग अनिवार्य हुन्छ । फोनको डिजाइन र ब्राण्ड हेरी तपाईले आर्कषक कभर छान्न सक्नुहुन्छ । अहिले फोन भन्दा पनि आर्कषक फोन कभर बजारमा पाइन्छन् । कतिपय फोन उत्पादकहरुले अहिले फोनसँगै कभर पनि दिन थालेका छन् ।

३. हेडफोन

हेडफोन स्मार्टफोनका लागि सवैभन्दा नभई नहुने उपकरण हो । यदि तपाई संगीत प्रेमी हो भने हेडफोन अनिवार्य नै हो । त्यसबाहेक लामो समय फोनमा कुरा गर्नुपर्ने अबस्थामा हेडफोन नभई हुँदैन ।

त्यसैले सवैजसो फोन उत्पादकले अहिले फोन सेटसँगै हेडफोन पनि सित्तैमा दिन्छन् । यसरी सँगै प्राप्त हेडफोन कुनै अत्यन्तै उत्कृष्ट हुन सक्छन त कुनै औसत । यदि तपाई स्मार्ट फोनका माध्यमबाट धेरै म्यूजिक सुन्नुहुन्छ भने तपाईले थर्ड पार्टी हेडफोन रोज्नु उपयुक्त हुन्छ । हेडफोन उत्पादनमै केन्द्रीत बिभिन्न कम्पनीले उत्पादन गरेका ५ सय रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मका हेडफोन बजारमा उपलब्ध छन् ।

४. ब्याट्री ब्याकअप

फोनको प्रयोग अत्यधिक गर्नुपर्ने अबस्थामा ब्याट्री दिनभर नटिक्न सक्छ । हुन त पछिल्ला दिनमा सवैजसो फोन उत्पादकहरुले ब्याट्रीको क्षमता बढाइरहेका छन, तैपनि त्यो पर्याप्त भने छैन् ।

त्यसैले फोन अफ भई सम्पर्क बिच्छेद हुने अबस्थाबाट जोगिन तपाईंले ब्याट्री ब्याकअप साथै बोकिराख्नु बुद्धिमानी हुन्छ । यदि चारपाङ्ग्रे सवारी साधन प्रयोग गर्नुहुन्छ भने गाडीभित्रै फोन चार्ज गर्ने सुबिधा पनि हुन्छ । यस्तो अबस्थामा ब्याट्री ब्याकअप वा कार चार्जर साथै बोक्नु अनिवार्य हुन्छ ।

५. सफा गर्ने कपडा

फोनलाई फोहोर र धुलोबाट सफा गरिराख्नु पर्छ । तर, जस्तो पायो त्यस्तै कपडाले फोनको स्किन पुछ्नु हुँदैन् । बजारमा स्मार्टफोन सफागर्ने टुल र कपडाहरु पाइन्छन् । विर्सन नहुने कुरा के हो भने तपाईले कहिले पनि मोवाइल सफा गर्दा ग्लास क्लिनर केमिकलले स्मार्टफोनको टच स्क्रिन सफा गर्नु हुँदैन् ।

स्मार्टफोनसँगै आबश्यक पर्ने यी उपकरणहरु तपाईले कुनै सजिलो ब्यागमा बोक्न सक्नुहुन्छ जसले गर्दा यी सामाग्री छुट्ने चिन्ता पनि हुँदैन् ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here