किन रुन्छन् पुरुष भन्दा महिला बढि,आँसु शरीरको प्राकृतिक विषादी पोख्ने माध्यम हो ?

काठमाडौं । तपाइँ किन रुनुहुन्छ, तपाइँलाई थाहा छ ? दुःख, आवेग, पश्चात्ताप, खुशी, प्राप्ति तथा गुमाउँदाका क्षणमा सबैको आँसु आउने गर्छ ।

यो मानवीय स्वभाव हो । यस्ता क्षणमा रुनुलाई मानवका लागि फाइदाजनक मानिन्छ । तर आश्चर्यको विषय, यी क्षणमा पुरुष महिलाको तुलनामा अत्यन्त कम रुन्छन् ।

तर समग्रमा महिलाको तुलनामा पुरुषहरु कम रुन्छन् । पुरुषहरु कम रुनुको कारण के हो त रुनुका फाइदा के के छन् ? आखिर मानिस किन रुन्छ ? यी प्रश्नहरु निकै उत्सुकताले भरिएका छन् ।

अनुसन्धान अनुसार महिला प्रतिवर्ष कम्तीमा ३० देखि ६४ पटक रुन्छन् भने पुरुष मात्र ६ देखि १७ पटक मात्र रुने गर्छन् ।

आमरुपमा महिलाहरु रुने कुरालाई सामान्य रुपमै लिइन्छ । तर पुरुषहरु रुनु हुँदैन भन्ने मान्यता राखिन्छ । पुरुषहरु रोएको कुरालाई नराम्रो मानिछ र यस्ता पुरुषलाई कातर भनिन्छ । तर दुनियामा अधिकांस पुरुषहरु पुरुष हुनुका बाबजुत पनि मज्जाले रुन्छन् महिला झैँ ।

मनोविज्ञ जर्जिया रायले पुरुष कम रुनुको पछाडि धेरै बलियो सामाजिक तथा मनोवैज्ञानिक पक्ष जिम्मेवार रहेको बताएकी छन् । ‘पुरुष महिलाभन्दा कम रुनुको पछाडि प्राकृतिक र कृत्रिम दुवै कारण जोडिएका छन्,’ उनले भनेकी छिन्, ‘पुरुषमा संवेग आउने ‘प्रोल्याक्टिन हर्मोन’ महिलाको भन्दा अत्यन्त कम हुन्छ, त्यसकारण यो शरीरको हर्मोनसित सम्बन्धित छ ।’

मनोविज्ञ विलियम फ्रेले गरेको एक अनुसन्धान अनुसार महिलाहरु औषतमा महिनामा ५ भन्दा बढि पटक रुन्छन् । तर पुरुषहरु भने महिनामा औषतमा डेढ पटक भन्दा बढि रुँदैनन् ।

महिलाहरु एक पटकमा रुँदा ५ देखि ६ मिनेटसम्म रुन्छन् भने पुरुषहरुले रुनका लागि एक पटकमा दुइ देखि ३ मिनेट खर्चिन्छन् ।

त्यत्तिकै मात्रामा सांस्कृतिक कारण पनि छ । समाजले एकतर्फी रूपमा पुरुषबाट राख्ने अपेक्षाले पुरुषको संवेगात्मक आँसुलाई निरुत्साहित गर्छ । मानवको आँसु आउनुका अनगिन्ती कारण हुन्छन् । जस्तो कि दुःख, रिस, पश्चात्ताप, आनन्द, उत्सर्ग आदि ।

यी कुरा थाहा पाउन जटिल छ । आँसु किन आउँछ भन्ने विषयले वैज्ञानिकहरूलाई सयौं वर्ष आश्चर्यचकित पार्‍यो । सन् १९७२ मा चाल्र्स डार्बिनले आँसुको कुनै उद्देश्य नहुने निर्णय गरेका थिए र भनेका थिए, ‘हामीले देखिरहेका हुन्छौं कि आँसु परिघटनाको परिणामको रूपमा झरेको हुन्छ ।

यो आँखाबाट बाहिर निस्कन्छ ।’ सयौं दशकपछि प्राध्यापक भिंगरहोयट्सले डार्बिनको तर्कलाई अस्वीकार गरे र उनले वैकल्पिक तर्क अघि सारे, ‘आँसु शरीरको प्राकृतिक विषादी पोख्ने माध्यम हो ।’एजेन्सी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here