लैंगिक समानतामा भारत नेपाल भन्दा कमजोर राष्ट्र

काठमाडौं, २ पुस । लैंगिक समानतामा नेपालले फड्को मारेको छ ।

विश्व आर्थिक मञ्‍चले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन ‘ग्लोबल जेन्डर ग्याप रिपोर्ट’ (विश्वव्यापी लैंगिक असमानतासम्बन्धी प्रतिवेदन) का अनुसार नेपाल लैंगिक समानता सूचकमा दक्षिण एसियामै दोस्रो स्थानमा परेको छ ।

महिलाहरूको आर्थिक सहभागिता र अवसर, शिक्षा प्राप्ति, स्वास्थ्य र जीवन तथा राजनीतिक सशक्तीकरणका चार मुख्य सूचकहरूका आधारमा लैंगिक अन्तर प्रतिवेदन जारी गरिएको छ ।

जसमा नेपाल १०१ औं स्थानमा परेको हो । यसअघि नेपाल १११ औं स्थानमा थियो । दक्षिण एसियामा नेपालभन्दा माथि बंगलादेश छ ।

प्रतिवेदनअनुसार नेपालको स्कोर ०.६८० छ । दक्षिण एसियामा लैंगिक समता सूचकांक ०.७२६ स्कोरसहित बंगलादेश सबैभन्दामाथि माथि, विश्वव्यापी रूपमा ५० औं स्थानमा रहँदा ०.६८० स्कोरसहित नेपाल दोस्रो १०१ औं स्थानमा, श्रीलंका पनि ०.६८० स्कोरसहित १०२ औं स्थानमा छ ।

यस्तै, भारत ०.६६८ स्कोरसहित ११२ औं, माल्दिभ्स ०.६४६ स्कोरसहित १२३ औं, भुटान ०.६३५ स्कोरसहित १३१ औं र पाकिस्तान दक्षिण एसियाको सबैभन्दा पुछारमा १५१ औं स्थानमा छ ।

संसदमा महिला सहभागिताका आधारमा नेपाल विश्वकै ३५ औं स्थानमा परेको छ भने विगत ५० वर्षमा राज्यका प्रमुख महिला भएको सूचकांकका आधारमा पनि नेपाल ३५ औं स्थानमा छ ।

आर्थिक सहभागिता र अवसरका सूचकमा पनि नेपालको प्रगति देखिएको छ । यो सूचकको गणनामा प्रयोग गरिएको श्रम सहभागिता दरमा नेपाल विश्वकै सातौं स्थानमा परेको छ ।

शिक्षा प्राप्ति र स्वास्थका सूचंककाका आधारमा भने नेपाल केही पछाडि छ । शिक्षा प्राप्तिका सूचकांकमा नेपालको स्थान १३३ औं र स्वास्थ्य तथा जीवनसम्बन्धी सूचकांकमा नेपाल १३१ औं स्थानमा छ ।

प्रतिवेदन अनुसार विश्वभर पछिल्लो ११ वर्षमा आइसल्यान्डमा सबभन्दा बढी लैंगिक समानता भएको पाइएको छ । दोस्रो नम्बरमा नर्वे, तेस्रोमा फिनल्यान्ड र चौथोमा स्विडेन छन् ।

लैंगिक असमानतामा भएको मुलुकको सूचीमा अन्तिम चारमा क्रमश: सिरिया, पाकिस्तान, इराक र यमन रहेका छन् । लैंगिक असमानताको सूचीमा एसिया अगाडि रहेको छ ।

पश्चिम युरोमा लैंगिक असमानता कम छ भने क्रमश: उत्तर अमेरिका, ल्याटिन अमेरिका र क्यारेबियन, पूर्वी युरोप र मध्य एसिया छन् । लैंगिक समानताको अवस्था निकै कमजोर भएका क्षेत्रमा एसिया-प्यासिफिक, मध्यपूर्वी र अफ्रिका रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here