संघर्षको कथाः विदेश जाने पैसा जुटाउन गल्ली-गल्ली डुलेर गलैचा व्यापार

काठमाडौं, १७ पुस । जुम्लाका २१ वर्षीय कृष्ण बहादुर शाही बिहानै काठमाडौंको नयाँबजारमा रहेको गलैचा कारखानामा पुग्छन्। कारखानाबाट गलैचा बोकेर एक साथीको साहारा लाग्दै काठमाडौंको हरेक ठाँउमा गलैचा,गलैचा भनेर कराउँदै हिड्नु नै शाहीको दैनिकी हो ।

कोटेश्वर, बानेश्वर, अनामनगर लगायतका हरेक ठाउँमा भेटिने शाहीको एक मात्र चाहान छ विदेश जाने खर्च जुटाउनु । दैनिक एक हजार भन्दा धेरै आम्दानी गरेपनि उनलाई यसबाट चित्त बुझेको छैन् ।

काठमाडौंको महंगो बसाईको कारण नै विदेश जाने सोच रहेको उनको भनाई छ । निम्न वर्गीय परिवारमा जन्मिएका शाहीले कक्षा ११ मा पढ्दा पढ्दै १६ वर्षको उमेरबाटै घर छाडेका थिए ।

सामान्य कामको लागि समय समयमा घर जान्थे तर घरमै बस्न भने छाँडे’,‘केही ठूलो भए जस्तो अनुभव भयो पढेर के नै हुन्छ र केही न केही काम गर्नुपर्छ भन्ने धारणले हरेक काम गर्नका लागि काठमाडौं आएको उनले क्लाउड पत्रिकासँग भने ।

आफ्नै देशमा बसेर पनि आफ्नो जिविकोपार्जन गर्न सकिन्छ भन्दै काठमाडौं छिरेका शाही माहोल बुझ्दै जाँदा केही समयमै व्यवसाय गर्ने योजना बनाए।

थोरै लगानीमा अलि बढी नाफा हुने भन्दै उनले गलैचाको व्यापार गर्न थाले। ‘काम गरे कोही सानो हुँदैन भन्ने सोचले थालेको कामले उनको मनमा भने खुशी दिन सकेको छैन् ।

‘विदेशीएका सहपाठी आफू एकतिर र परिवार अर्कोतिर हुन्छन्, परिवारको सुख दुःखमा सहयात्री हुन सक्दैनन्, त्यो अवस्था भन्दा त मेरो कति माथि हो कति’‘आफ्नो भनेको आफ्नै हुन्छ भन्ने जस्तो लागेर काठमाडौं आएका शाहीको सोच अहिले भने विपरित भएको छ ।’

हेपाई नै नमिठो

‘म सुरुमा कामको खोजीमा काठमाडौंमा आए, त्यो बेला कोइपनि आफ्नो थिएन, जब काम गर्दा आत्मबल बढ्दै गयो, त्यसपछि केही असहज भएन शाहीले भने, ‘अहिले भने व्यापारको प्रतिस्पर्धा धेरै छ, दैनिक ६ सय भन्दा धेरै जना काठमाडौंमा नै गलैचा बेच्छन् ।

आफ्नो परेको सावाँ भन्दा सस्तोमा खोज्नेपनि हुन्छन् तिनीहरुबाट नमिठो हेपाई खानुपर्छ, उनिहरुले भनेको मोलमा पाएनन् भने गाली गर्छन् । दिनभर अन्य काम गर्ने र साँझपख १- २ घण्टा व्यापार गर्नेहरुलाई त एकदमै सजिलो हुन्छ तर हामीलाई भने दिनभर नै १५ किलोको भारी बोकेर हिड्नु पर्छ ।

जडिबुटी, कपडा बेचेको अनुभव

घर छाडेको ५ वर्षको अन्तरालमा विभिन्न व्यावसायको अनुभव उनिसँग छ । उनले जडिबुटी बेच्ने देखि घर घरमा गएर कपडा बेच्ने काम समेत गरेका छन् ।
‘मैले जडिबुटी पनि बेचेँ, कपडा पनि बेचेँ अहिले गलैचा बेच्दै छु’ उनले भने, ‘ जे काम गरेपनि नेपालमा पैसा देखिदैन्, खान र बस्न मात्रे ठिक्क हुन्छ त्यसैले विदेश जाने निर्णयमा पुगेको हुँ’

मासिक ३० हजारले पनि पुग्दैन् नेपालमा

गलैचा बेचेर मासिक ३० हजार रुपैयाँ कमाउने गरेका शाहीले यो पैसाले जीवन धान्न नै कठिन परेको बताए । ‘मासिक ३० हजार धेरै हो जस्तो लाग्छ तर म ढल्कु बस्छु कोठाभाडा, बत्ती, पानी सबै गर्दा मासिक ६ हजार भन्दा धेरै पुग्छ’ उनले भने, ‘बाँकी पैसा कहाँ जान्छ जान्छ थाहाँ नै हुन्दैन् ।’

‘मलाई घरबाट विदेशीनु नै पर्ने वातावरण त छैन् तरपनि एउटा आशा त हुन्छ नी घरमा पनि कमाए हुन्थ्यो भन्ने एउटा दाई हुनुहुन्छ उहाँ पनि आफ्नै दुःख गर्दै हुनुहुन्छ’ उनले भने, ‘विदेश गए कही बचत हुन्थ्यो की यहाँ त बस्न र खान मात्रै ठिक्क भयो ।’ शाहीले यसअघि मलेसिया जानको लागि पासपोर्ट बुझाइसकेका थिए,तर शाहीलाई मलेसियाले भिसा दिएन् ।

‘मैले मलेसियामा धेरै पैसा हुन्छ रे भनेको सुनेको थिए त्यसै कारण मलेसिया नै प्रयास गरेको थिए, तर खै किन मलाई भिसा नै लागेन’ उनले भने, ‘मैले भिसा र टिकटको लागि भनेर ८५ हजार रुपैयाँ बुझाएको पनि थिए । अब दुबईको लागि प्रयास गर्दै छन् । ‘मैले पासपोर्ट मागेको छैन्,पासपोर्ट लिएर अब दुबईको लागि कोसिस गर्दैछु’ उनले भने ।

समाजमा आफूजस्तै युवाहरु वेरोजगार छु भन्दै बसेकोमा दुःखी हुन्छन्, भन्छन्, ‘काम गरेर खानेहरुका लागि जे पनि हुन्छ, काम नै पाइदैन, विदेश नगइ हुदै हुँदैन भन्नेहरुका लागि आफ्नो सिकाइ सिकुन् भन्ने चाहन्छन् उनी।

‘नेपालका रोजगारको वातावरण आफैंले सिर्जना गर्नुपर्छ, राज्यले त त्यसमा सहकार्य मात्र गर्ने हो।’ उनले भने, ‘जुनसुकै पेशामा इच्छाशक्ति भएर काम गर्ने हो भने पक्कै पनि सफल भइन्छ।’ आम युवाहरुले यो सोच्न जरुरी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here