१० वर्षमा कति बदलियो प्रविधी, के-के भयो परिवर्तन ?

काठमाडौं । समय अनुकुल परिवर्तन हुनु प्राकृतिक नियम नै हो । विशेषत प्राविधिक तथा वैज्ञानिक क्षेत्रमा परिवर्तनको विशेष प्रभाव पर्नेगर्छ ।

२१ औ शताब्दीमा वैज्ञानिक आविष्कारका कारण प्रविधी विकासमा धेरै परिवर्तन आएको छ । पछिल्लो १० वर्ष (सन् २०१०—२०१९०) मा भएको प्रविधीको विकासले मानब जीवनमा ठूलो क्रान्ति नै ल्याउन सफल भएको पाईन्छ ।

यस अवधिमा वैज्ञानिक प्रगति तथा आविष्कार हाम्रो जिवनमा ‘चमत्कार’कै रुपमा देखिएको छ । सन् १७१२ को आसपासबाट नै विश्वमा प्रविधी र प्रविधी सम्बन्धि खोजी तथा अनुसन्धान सुरु भएको पाईन्छ ।

त्यो समयदेखि हालसम्म २०० वर्ष पछि पनि प्रविधीकै विकासमा मानव समाज केन्द्रित छ । यो समयमा यतिधेरै उपलब्धीहरु हात परे कि त्यसलाई भन्नुपर्दा त्यो ‘चमत्कार’ नै हो ।

२० औं शताब्दीले इन्टरनेट र कम्प्यूटरको युगलाई बाटो बनाईदियो । पछिल्लो दशकमा आएको डिजीटल क्रान्तिले विश्वकै काम गर्ने तरिकामा परिवर्तन ल्याउन सफल रह्यो ।

यो दशकमा इन्टरनेटले डिजीटल क्रान्तिको रुपमा काम गर्यो र त्यो हरेक मानिसको हात हातमा पुग्यो । पछिल्लो दशकमा के कस्ता परिवर्तन र प्रविधीको खोजी तथा सफल प्रयोग भयो त यो धेरै मानिसको उत्सुकताको विषय हुनसक्छ ।

प्रविधीको क्षेत्रमा यस्ता परिवर्तन भए पछिल्लो १० वर्षमा

स्मार्ट फोन क्रान्ति

पछिल्लो १ दशकमा मोवाइल फोन किप्याट फोनबाट स्क्रिन टचसम्म पुगेको छ । जुन फोनको मूल्य १० वर्ष अघि १५ देखि २० हजार रुपैयाँसम्म पर्ने गरेको थियो । त्यो फोन अहिले २ देखि ४ हजारमा नै आउँछ ।

ठूलो र्‍याम साईज, अल्ट्रास्पीड प्रोसेसर्स, इन्टरनेट इस्टोरेज, मेगा पिक्सल क्यामेरा, वायरलेस ब्लूटुथ हेडफोन, ब्लूटुथ स्पिकर र पावर ब्याङ्क अब सामान्य कुरा भईसक्यो ।

वायरलेस चार्जर, सेल्फी क्यामेरा, फिंगर प्रिन्ट लकअनलक सिस्टम, अनुहारबाट लक अनलक ९फेशियल रिकाँगिनेशन० जस्ता विशेषताले मोवाइल फोनको विकासमा क्रान्ति नै ल्यायो । यो समयमा आइप्याड तथा ट्याबलेटले पनि निकै लोकप्रियता पाएका छन् ।

अपरेटिङ सिस्टम

सन् २०१० भन्दा पहिले विन्डोज, म्याकिन्तोश, लेनक्स मात्रै अपरेटिङ सिस्टम थिए । यहाँसम्म कि आईफोन पनि आईओएस मार्फत नै अपडेट हुन्थ्यो ।

थ्री जीबाट ‘फाइभ जी’ सम्मको यात्रा

सन् २०१० को सुरुवातमा आएको ‘थ्री जी’ को विकास अब ‘फाइभ जी’ सम्म भएको छ जसले इन्टरनेट प्रयोगको निकै राम्रो अनुभव दिईरहेको छ ।

डेटाको प्रयोगमा पनि निकै वृद्धि भएको छ । नेपालमा अहिले २ करोड भन्दा धेरै मानिहरुको पहुँचमा इन्टरनेट रहेको छ । फोर जी विस्तारसंगै डेटाको खपत पनि बढ्दै छ ।

स्मार्ट घडी

पछिल्लो १० वर्षमा मानिसहरुको जीवन शैलीमा पनि निकै परिवर्तन आएको छ । स्वास्थ्य र आफ्नो शरीरको बारेमा जानकारी दिने स्मार्ट घडीको आविष्कार र प्रयोग भएको छ ।

स्मार्ट घडिको प्रयो सन् २०१७ बाट हुन सुरु भएको हो । पछि सामसुङ र एपपल जस्ता कम्पनीले पनि स्मार्ट घडीको उत्पादन सुरु गर्न थाले जसको मूल्य पनि धेरै थिएन् । यस्ता घडीको गुणस्तर पनि मानिसहरुले मन पराए र माग र प्रयोग बढ्न थाल्यो ।

ड्राइभर बिनाको कार

यो दशकमा ड्राइभर बिनाको कारहरु पनि सडकमा उतारियो । टेस्ला कम्पनीले यस्तो कारको सुरुवात गर्यो जसको माग निकै बढ्यो ।

इन्टरनेट जडान गरि गुगर म्याप वा कारमा नै जडान भएको फिचरको माध्यमबाट विना कुनै जोखिम गर्न सकिने भएको कारण यसको माग बढ्दै गएको पाइन्छ । धेरै कम्पनीहरु बिना ड्राइभर वाला कारहरु बनाउनको लागि नै व्यस्त छन् ।

ड्रोनको प्रयोग

यो दशकमा ड्रोनको प्रयोगमा निकै विकास भएको छ । ड्रोनको प्रयोगले क्यामेरा भिडीयोको क्षेत्रमा एउटा क्रान्ति नै ल्यायो । उड्ने कार (एयर टक्सी) ड्रोनकै विकासीत रुप मानिन्छ जसले ट्राफिक ट्राफिक जाम जस्तो समस्यालाई न्युनिकरण गर्नमा महत्वपुर्ण योगदान पुर्याउने अनुमान गरिएको छ ।

नेपालमा पनि ड्रोनको प्रयोग बढेको पाइन्छ । भिडियो बनाउनेको लागि प्रयोग गरिरहेका छन् । यसका साथै महावीर पुनले दुर्गम स्थानमा औषधी पर्याउनको लागि पनि ड्रोनको प्रयोग गरेका थिए ।

मोवाइल गेमको दुनियाँ

यो दश वर्षमा मोवाइल गेमको क्षेत्रमा निकै सुधार भयो । गेम खेल्नै लागि कम्प्यूटरको प्रयोग गर्नुपर्ने बाध्यताको पनि अन्त्य भयो । हरेक गेमहरु स्मार्ट फोनमा सजिलै खेल्न सकिने प्रविधीको विकास भयो ।

एङ्ग्री बर्ड, पोकेम्यान गो, र अहिले पब्जी विश्वभर नै लोकप्रियता पाएको मोवाइल गेमहरु हुन् । यो दशकलाई मोवाइल गेमको दुनियाँमा ठूलो परिवर्तनको समय मानिन्छ ।

गुगल म्याप, मोवाइल (अनलाइन) सपिङ्ग

गुगल म्याप अब हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । हरेक स्थानमा जादाँ हामी गुगल म्यापको प्रयोग गर्छौ । यसको प्रयोगले हामी हरेक नयाँ स्थानमा सजिलै पुगेका छौं ।

अनलाइन सपिङ्गमा पनि यो दशक अझै भन्नुपर्दा पछिल्लो ३ वर्षमा निकै चर्चामा रह्यो । हरेक समान अर्डर गर्नको लागि यसको प्रयोग गरिन्छ । नेपालमा पनि दराज, सस्तो डिल र खाना तथा अन्य निश्चित सामानको लागि पनि थुप्रै अनलाइन सपिङ्ग सिस्टम छन् । र अहिले नेपालमा विस्तारै यसको प्रयोगमा पनि वृद्धि हुँदैछ ।

सामाजिक सञ्जाल

फेसबुक, ट्वीटर, म्यासेन्जर, इन्स्ट्राग्राम, इमो जस्ता सामाजिक सञ्जालको प्रयोग र विकासको लागि यो दशक निकै लाकप्रिय मानिन्छ ।

विश्वमै सबैभन्दा धेरै सामाजिक सञ्जाल प्रयोग गर्ने देशमा फिलीपिन्स सबैभन्दा माथि । फिलीपिन्समा दैनिक प्रतिव्यक्ति ३ घण्टा ५७ मिनेट सामाजिक सञ्जालको प्रयोग गर्छन् ।

यस्ता सामाजिक सञ्जालमा हुने गरेका वहसले राष्ट्रिय मुद्दालाई समेत प्रभाव पर्ने गरेका छन् ।

क्लाउड स्टोरेज, ठूलो डेटा

पछिल्लो एक दशकमा क्लाउड स्टोरेज एक सामान्य कुरा बनिसकेको छ । धेरै कम्पनी तथा उद्योगहरुले आफ्नो व्यक्तिगत डेटाहरु क्लाउडमा राख्ने गरेका छन् । यो समयमा क्लाउड डेटा राख्ने आवश्यक भएको अवस्थामा डेटा तान्ने प्रचलनको सुरुवात भएको छ ।

रोबोटिक्स

यस दशकमा उद्योग जगतमा रोवर्टको प्रयोग निकै बढेको छ । रोवर्टको प्रयोग विपद व्यवस्थापन, सुरक्षा, उत्पादन तथा अन्य विभिन्न स्थानमा पनि गर्न थालिएको छ ।

रोवर्ट अब एक पि.ए. (पर्सनल असिस्टेन्स) को रुपमा पनि प्रयोग गर्न थालेको छ । घरका कामहरुमा पनि रोवर्टको बढ्न थालेको छ ।

अन्तरिक्ष

टि.भी.मा नै अन्तरिक्ष सम्बन्धी कार्यक्रम तथा गतिविधीहरु हेर्ने हामी अब केही धेरै रकम खर्च गरेर सिधैँ अन्तरिक्षमा नै जान सकिने बाटो निर्माण भएको छ । विर्जिन एटलान्टीक, स्पेस एक्स जस्ता संस्थाहरु मानिसहरुलाई अन्तरिक्ष यात्राको सुविधा प्रदान गरेको छ ।

पछिल्लो १० वर्षमा एलइडीको प्रयो निकै बढेको छ । सीसीटिभी क्यामेरा मानिसहरुलाई निगरानी गर्ने एक माध्यम बनेको छ । यो १० वर्ष प्रविधीको विकास र प्रयोगको लागि एक स्वर्णिम युगको रुपमा रहेको छ ।

हुन् त अबको १० वर्षपछि प्रविधीको क्षेत्रमा यो भन्दा पनि धेरै नयाँ कुराको आविस्कार होला तरपनि यो १० वर्ष पनि प्रविधीको विकासमा निकै महत्वपुर्ण रह्यो । (बीबीसीबाट अनुवादित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here