काठमाडौं । उच्च गुणस्तरको यार्साको अन्तर्राष्ट्रिय बजार मूल्य सुनभन्दा पनि महँगो छ । त्यस कारण यसलाई जैविक सुन पनि भनिन्छ ।
यसका खोजिका लागि मानिसहरु ओढ्ने, ओच्छ्याउने अनि खाने सम्पूर्ण बन्दोबस्तीका सामानहरु लिएर जोखिम मोल्दै हिमालतिर उक्लिरहेका हुन्छन् ।
यार्सागुम्बा भेटिने मौसममा त समुन्द्री सतहबाट हजारौं मिटर माथिको गाँउहरु नै रित्ता हुने गर्दछन् । विद्यालय बन्द अनि हातपाँउ चल्ने सबैजना यस जैविक सुनको खोजिमा निस्कने गर्दछन् ।
यार्सागुम्बा झुसिलकीरा प्रजातिको एउटा बिशेष फगंस फ्यूजनमा पर्दछ जसमा प्यारीस्टीक च्याउ उम्रीएर जमिनको मोर्थ लार्भा किरालाई मम्मीफाई अर्थात जैविक रुपले नै ढाकीदिन्छ । २ देखि ६ सेन्टिमीटर लामो यस जैविक सुन जमिनमाथी औंलाको टुप्पोजस्तो गरि देखा परेको हुन्छ ।
शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ । yarsagumba जसको अर्थ ‘यार्चा’ वनस्पति र ‘गुम्बु’ किरा हो । वनस्पति र किरासँगै भएको बस्तु यार्सागुम्बु भन्छन् ।
यस जडीबुटीको नाम दुईवटा शब्दहरूको संयोजनबाट बनेको हुन्छ ‘यार्सा’ र गुम्बा’ नेपाली प्रचलित भाषामा यसलाई यार्सागुम्बा भनिन्छ । नेपालका कतिपय स्थानहरूमा भने यसलाई जीवनबुटी र कसै कसैले त अश्लील नामले समेत चिन्ने गरेको पाइन्छ ।
किंवदन्ती अनुसार राम र रावणको युद्धमा लक्ष्मणलाई वाण लागेर मुर्छित हुँदा नेपालको उत्तरी हिमाली भेकबाट हनुमानले यही यार्सागुम्बा लिएर गइ लक्ष्मणलाई खुवाएर बिउँझाएका थिए भन्ने कुरा प्रचलित छ । हुन पनि यो कहिल्यै मर्दैन ।
बनस्पति मरे प्राणी जिवितै रहन्छ, प्राणी मरे बनस्पति जिवितै रहन्छ । बनस्पति जिवितै रहेपछि प्राणीको पुनः जन्म हुन्छ । बसन्तकुमार शम्र्मा ‘नेपाल’ को ‘नेपाली शब्द सागर’ मा यार्सागुम्बाको अर्थ टुप्पोतिरको भाग झारपात र जरातिरको भाग किरा प्रकारको देखिने हिमाली डुलन्ते झार, तागतका लागि सुकुटीका रुपमा काम लाग्ने डुलन्ते झार भनी नेपालीमा अर्थ लगाइएको छ ।
बोलीचालीको भाषामा भनिने यार्सा, यार्सागुम्बा वा यार्सागुन्बू तिब्बती भाषाको ‘यार्ट स्वा गुन् बू’ बाट अपभ्रंश भएर बनेको शब्द हो । जसको अर्थ, गर्मीयाममा झार, हिउँदमा कीरा हो । यद्यपि, यार्सा कुनै झार भने होइन । यो एक किसिमको झुसिलकीरा र त्यसमा उम्रने परजीवी ढुसीको संयुक्त रूप हो ।
यस बिशेष जैविक पदार्थ नै विश्वको सबैभन्दा महंगो जैविक पदार्थ हो । गर्मीमा घाँस अनि जाडोमा किराका रुपमा तिब्बतमा पनि यस्त्र गुम्बु भनिन्छ ।
समुन्द्री सतहवाट ३००० देखि ५००० मिटरमा पाइने यस यार्सागुम्बा तिब्बती प्लेटमा नेपालका केही भाग अनि भुटानका थोरै ठाँउहरुमा मात्र पाइन्छ । अहिले आएर केवल शारीरीक क्षमता अनि यौनसम्पर्क क्षमता बृद्धिसंग मात्र यार्सागुम्बालाई बुझ्ने गरिएको छ तर त्यो बिल्कुल गलत या अर्धसत्य हो ।
आजभन्दा २००० भन्दा धेरै बर्ष अघिबाटै बिभिन्न दुर्बलता, फोक्सो, मृगौला लगायतका समस्यामा पनि यसको प्रयोग भएको तथ्याकं छ । १५ औं शताब्दीको एउटा तिब्बती आर्युवेद लेखनमा यस जडीबुटीलाई सर्वगुणकारी भनि ब्याख्या गरिएको पाइन्छ । अहिले आएर क्यान्सर देखी बायल रोग सम्म पनि यसको उपयोग हुँदै आएको पाइन्छ ।
प्राचीन चिनियाँ उपचार विधिमा यार्साको प्रयोग सयौँ वर्षअघिदेखि गरिँदै आएको छ । यार्साका बारे पहिलोपटक सचित्र वर्णन न्याम्नी दोर्जीले सन् १४७५ तिर लेखेको एन ओसन अफ एफ्रोडिजिएकल क्वालिटिज, अ स्पेसल वर्क अन यार्सागुन्बु भन्ने पुस्तकमा भेट्न सकिन्छ ।
तर, विश्वमा यसको अत्यधिक चर्चा भने सन् १९९३ मा जर्मनीमा भएको विश्व ट्रयाक एन्ड फिल्ड प्रतियोगितापछि मात्रै हुन थालेको हो । उक्त प्रतियोगितामा तीन चिनियाँ महिला खेलाडीले १ हजार ५ सय, ३ हजार र १० हजार मिटरको दौडमा पाँच विश्व रेकर्ड कायम राखे ।
खेलाडीको उत्कृष्ट प्रदर्शनको रहस्य दैनिक अभ्यासका क्रममा यार्सा सेवन गर्नु हो भनेर प्रशिक्षकले खुलासा गरिदिएपछि यसको चर्चा र खोजी विश्वभरि विषेशतस् पश्चिमा सञ्चारमाध्यमहरूमा हुन थालेको हो । त्यसपछि यसको चर्चासँगै यसको मूल्य पनि अकासिएको छ ।
परम्परागत चिनियाँ उपचार विधि अनुसार यसको प्रयोग दम, कलेजो, मुटु र मिर्गौलाको रोगमा गरिन्छ । नेपालमा स्थानीय रूपमा झाडापखाला, टाउको दुख्ने, हातगोडा दुख्ने उपचारका निम्ति यसलाई प्रयोग गरिन्थ्यो ।
यार्सा हिमालय पर्वत शृंखलाको दक्षिणतिरको नेपाल, भारत, भुटान र हिमालपारि तिब्बतमा मात्रै पाइने रैथाने जडीबुटी हो । नेपालका चाहिँ उत्तरी २७ जिल्लामा यार्सा पाइन्छ ।
तर, संखुवासभा, सोलुखुम्बु, गोरखा, म्याग्दी, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला जिल्लामा धेरै मात्रामा संकलन हुन्छ ।
नेपालमा संकलन गरिने कुल परिमाणको करिब ४० प्रतिशत यार्सा डोल्पा जिल्लाबाट मात्रै आउँछ । ठाउँ हेरीकन तीनदेखि पाँच हजार मिटरसम्मको उचाइमा रहेका औसत वर्षा चार सय मिलिमिटर हुने पारिलो हिमाली घाँसे मैदान वा बुट्यान क्षेत्रमा यार्सा पाइन्छ ।