किन मुटु सम्बन्धी समस्याले धेरै मर्छन् गरिब देशका बच्चा ?

काठमाडौं । खराब जीवनशैली, अस्वस्थ खानपान, वातावरण प्रदूषण आदि विभिन्न कारणले मानिसहरू मुटुसम्बन्धी समस्याबाट पीडित हुन्छन् ।

एक सयजनामध्ये एकजना शिशुमा जन्मजात मुटुरोगको समस्या देखिन्छ । समय नपुग्दै जन्मिने बच्चामा मुटुरोगको जोखिम बढी हुन्छ ।

गरिब देशका बच्चाहरु मुटुसम्बन्धी समस्याले सबैभन्दा धेरै मर्ने गरेको तथ्यांक एउटा नयाँ अध्ययनले सार्वजनिक गरेको छ । मेडिकल जर्नल ‘द लेटेस्ट’ ले १९५ देशका १ लाख मानिसमा यो अध्ययन गरेको थियो ।

अध्ययनमा पत्ता लागेको थियो कि सन् १९९० देखि २०१७ सम्ममा ३४.५ प्रतिशत मानिसको मृत्यु मुटुसम्बन्धी समस्याको कारण भएको थियो । जसमा १ वर्षभन्दा मुनिका बच्चाहरुको संख्या ७० प्रतिशत रहेको छ ।

अध्ययनको अनुसार जुन देश देश गरिब ज त्यो देशका बच्चाहरु धेरै मर्ने गरेका छन् । अध्ययनले आफ्नो निस्कर्षमा गरिब देशमा बच्चाको स्वास्थ्यको लागि आवश्यक सुविधा नभएको कारण यस्तो समस्या आएको हो ।

गर्भावस्थाको जीवनशैलीले बच्चाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले निकै ध्यान दिनुपर्ने हुन्छ । उच्च रक्तचाप, मधुमेह र अन्य रोग नियन्त्रणमा राख्नुपर्छ । त्यस्तै, तनावमुक्त रहने र पौष्टिक आहारमा ध्यान दिनु आवश्यक हुन्छ ।

भाइरल इन्फेक्सनबाट बच्न विभिन्न खोप, गर्भावस्थामा चिकित्सकको सल्लाहविना कुनै पनि औषधिको सेवन गर्नुहुँदैन ।

स्वस्थ जीवनशैली अपनाउने, विकिरणको प्रभावबाट बच्ने, नजिकका नातेदारसँग सकेसम्म वैवाहिक सम्बन्ध राख्नुपनि किन मुटुसम्बन्धी समस्याको कारण बन्न सक्छ ।  ।

जन्मजात मुटुरोग साधारण सानो प्वालदेखि अति जटिल प्रकृतिका हुने गर्छन्, सानो प्वाल र समस्यारहित रोग आफैँ निको भएर जाने सम्भावना पनि रहन्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here