माहुरीको संख्या घट्दो क्रममा, खाद्य संकटको उच्च जोखिम

काठमाडौं, २७ माघ । विश्वका प्रमुख चुनौतीमा रुपमा जलवायू परिवर्तन देखिएको छ ।

विश्वव्यापी तापमान वृद्धिका भौतिक र आर्थिक असरहरू तीव्र गतिमा बढिरहेको वैज्ञानिकहरुले जनाएका छन् ।

जलवायु परिवर्तनको प्रभाव स्पष्ट र यसमा विवाद गर्नु पर्ने कुनै ठाउँ नै नरहेकोले बताएका छन् ।

जलवायु परिवर्तनको प्रभाव विश्वभर परिरहेको र अहिले जलवायु आपतकालको अवस्था रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पछिल्लो ४० वर्षको तथ्यांकलाई विश्लेषण गरिएको अनुसन्धानमा प्रतिवेदनमा विश्वभरका सरकारले जलवायु परिवर्तन सम्बन्धी संकट समाधानका लागि काम गर्न नसकेको उल्लेख गरिएको छ ।

जसले गर्दा मानव जीवनमा खाद्यान्न संकटको उच्च जोखिम रहेको अध्यायनले देखाएको छ ।

तीव्र गतिमा वृद्धि भएको तापक्रम र त्यसले निम्त्याएका वातावरणीय जोखिमका कारण ठूलो संख्यामा माहुरी नष्ट भएको नयाँ अध्ययनले देखाएको छ ।

सन् १९७० को दशक यता माहुरीको संख्या एक तिहाई कम भएको छ । बढ्दै गएको तापक्रम माहुरीको संख्या घट्नुको प्रमुख कारणका रुपमा देखिएको छ ।

युरोप र उत्तर अमेरिकामा भएको अध्ययनमा तीव्र गतिमा माहुरी घट्दै गएको देखिएको हो ।

माहुरी बिना केही बालीको उत्पादन लगभग बन्द हुन सक्छ । माहुरी कम भएमा खाद्यान्न उत्पादन ठूलो मात्रामा कम हुनेछ र त्यसले मानवलाई संकटमा लैजाने दाबी गरिएको छ ।

माहुरी परागसेचनका प्रमुख माध्यम हुन् । फलफुल, तरकारी तथा कृषि उत्पादन र बोट बिरुवामा परागसेचनका लागि प्रमुख भूमिका माहुरीको रहने गरेको छ ।

पृथ्वीमा अस्तित्वमा रहनेका ९० प्रतिशत बोटविरुवा माहुरीको परागसेचनका कारण बाँचेका छन् । माहुरी हराउँदै जाँदा परागसेचनमा समस्या आउँछ र बोट विरुवाको अस्तित्व हराउँदै जान्छ ।

यसो हुँदा खाद्यसंकट र प्राकृतिक विपत्तिको कारण मानव जाति संकटमा पर्नेछ । यस विषयमा मानव जाति कम गम्भीर रहनुले मौरी र मानव दुवै खतरामा परेको तथ्यहरूले बताइरहेका छन् ।

विश्वभर २० हजार प्रजातिका माहुरीले १ लाख ७० हजार प्रजातिका बिरुवालाई परागसेचन गर्छन् । माहुरीहरू मर्दै गएमा यी प्रजातिका विरुवा पनि हराउँदै जान्छन् ।

अध्ययनले देखाए अनुसार मेक्सिको जस्ता दक्षिणी क्षेत्रहरूमा माहुरीको जनसंख्या सबैभन्दा बढी प्रभावित भएको छ । अत्यधिक तातो वर्षहरू, जसले प्रजातिको ऐतिहासिक तापमान दायरा भन्दा बढी पार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here