गुगल क्रोम सबैभन्दा असुरक्षित ब्राउजर

काठमाडौं । अहिले जमाना इन्टरनेटको छ । हामीले धेरै कुरा नेटको साहायताले गर्ने गर्छौ ।

विशेषगरि पढ्ने बिद्यार्थीदेखि अधिकांस व्यक्तिहरुले इन्टरनेटो प्रयोग गरेको पाइन्छ । त्यसमा गुगलको क्रोम इन्टरनेट ब्राउजर सबैभन्दा लोकप्रिय ब्राउजर हो ।

तर, जर्मनीको संघीय सूचना सुरक्षा कार्यालयले चाहिँ क्रोम ब्राउजर गोपनीयता तथा डाटा सुरक्षाको दृष्टिले जोखिमपूर्ण रहेको बताएको छ ।
अहिले ८० प्रतिशत जति ब्राउजर हिस्सा कब्जा गर्न सफल क्रोम ब्राउजरमा आवश्यक पर्ने जति सुरक्षाका फिचर नहुनाले अधिकांस इन्टरनेट प्रयोगकर्ताहरू असुरक्षित रहेका छन् ।

इन्टरनेटमा प्राइभेसी तथा सेक्योरिटीको चिन्ता हुनेले क्रोम ब्राउजर प्रयोग नगर्नु उपयुक्त हुने उक्त कार्यालयले जनाएको छ ।

हालसालै गुगलले आफ्नो वेब स्टोरबाट ५ सय खतरनाक एक्सटेन्शनलाई हटाएको छ । यी क्रोम एक्सटेन्शनहरुले अट्याकरहरुका लागि ब्राउजर डाटा चोरी गर्ने टूलको रुपमा काम गर्दै आएका थिए ।

यी एक्सटेन्शन्स माल्भटाइजिग र एड फ्रड कम्पनीको हिस्सा थिए । गुगल क्रोमको वेब स्टोरमा जनवरी २०१९ देखि रहेका ती एक्सटेन्शनहरु सन् २०१७ देखि नै सक्रिय हुँदै आएका थिए ।

सिस्कोको डुओ सेक्योरिटी र सेक्योरिटी रिसर्चर जमीला कायाले गरेको संयुक्त अनुसन्धानमा यी एक्सटेन्शनहरुमध्ये ७० क्रोम एक्सटेन्सनहरु १७ लाख प्रयोगकर्ताले इन्सटल गरेको पाइएको छ ।

लगत्तै सिस्कोले यसको जानकारी गुगललाई दिएको थियो । यससँगै पछि ४३० अरु खतरनाक एक्सटेन्सनहरु पनि पाएको थियो । हाल यी सबैलाई डिएक्टिभेट गरिदिएको छ ।

तर गुगल क्रोमभन्दा फायरफक्स निकै सुरक्षित हुनका साथै इन्टरनेट चलाउँदा डाटा पनि कम खपत हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here