घातक बन्दै वायु प्रदूषण, वर्षेनी लिन्छ ८२ लाखको ज्यान

काठमाडौं, २१ फागुन । वायु प्रदूषण विश्वकै लागि माहामारी बन्दै गएको छ । वायु प्रदूषणले मुटुसम्बन्धी र श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढाउने र हाम्रो स्वस्थ जीवनयापनमा अन्य असर पार्दे अएको विज्ञहरुले बताएका छन् ।

सवारी साधनको चाप,परम्परागत इन्धनको प्रयोग, जथाभावी कृषि अवशेष जलाउने र निर्माण सामग्री एवं उद्योग कलकारखानाबाट निस्कने धुलो धुवाँको कारण बढ्दो वायु प्रदूषण बढेको अध्यायनले देखाएको छ ।

नेपालजस्ता कम विकसित राष्ट्रहरुमा स्वास्थ्यजन्य समस्या जटिल बन्दै गएको विज्ञहरुको दाबी छ । फोक्सोका रोगहरू, क्यान्सर, मुटुसम्बन्धी समस्या र मस्तिष्कघात सबै वायु प्रदूषणसँग जोडिएका छन्।

वायु प्रदूषण र रोगको सम्बन्ध यति धेरै देखिन थालेको छ कि यसलाई नयाँ धूमपान भन्न थालिएको छ।

वैज्ञानिकहरूको एउटा टोलीले घर बाहिरको वायु प्रदूषणले हाम्रो जीवनको झन्डै तीन वर्ष घटाउने बताएको छ। यो २.९ वर्षको नयाँ औसत पहिले अनुमान गरिएभन्दा दोबर र सूर्ती धूमपानभन्दा बढी रहेको देखाएको दाबी गरेको छ ।

कार्डियोभास्कुलर रिसर्च जर्नलमा प्रकाशित एउटा अध्ययनमा उनीहरूले युद्धसहित सबैखाले हिंसाभन्दा प्रदूषण १० गुणा बढी घातक भएको दाबी गरेका छन्।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरि प्रतिवर्ष ८२ लाख मानिसहरूको मृत्यु वायुप्रदूषणको कारण हुने गरेको छ ।

२४ लाख मानिसको मृत्यु ह्रदयाघात र १४ लाख मानिसको मृत्यु मस्तिस्कघातबाट हुने गरेको छ । विश्वमा ९१ प्रतिशत मानिस वायु प्रदूषणको चपेटामा रहेको र त्यसको ठूलो हिस्सा कम आय भएका मुलुकमा रहेको जनाइएको छ ।

अध्ययनले वायु प्रदूषणले बुढो मानिसहरूलाई बढी असर गर्ने देखाएको छ: उनीहरूका अनुसार वायु प्रदूषणका कारण असामायिक निधन हुनेहरूमध्ये ७५ प्रतिशत मानिस ६० वर्षमाथिका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here