कच्चा तेलको भाउ शताब्दीकै तल्लो विन्दुमा, नेपालमा कस्तो प्रभाव पर्ला ?

काठमाडौं, ९ बैशाख । विश्व बजारमा कच्चा तेलको भाउ यो शताब्दीकै सबैभन्दा तल्लो बिन्दुमा झरेको छ।

माग नभएपछि र भण्डारण गर्न नसकिएपछि तेलको मूल्य गिरावट ऋणात्मक बिन्दुमा पुगेको हो।

यसको प्रभाव अमेरिकी डलरमा परेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीले कच्चा तेलको भाउमा भारी गिरावट आएपछि डलर झनै बलियो हुन पुगेको छ ।

तेलमा भएको मूल्य गिरावटको सबैभन्दा बढी असर अमेरिकाले ब्यहोरेको छ। मागमा भएको तीब्र गिरावट र उत्पादन कटौती गर्ने या नगर्नेबारे उत्पादकहरुबीच भइरहेको विवादले विश्वकै तेल उद्योग संकटमा परेको हो।

तेलको बढी खपत गर्ने भारत र चीनलगायत विश्व नै ठप्प भएको छ । पछिल्लो समयमा अमेरिकी अर्थतन्त्र प्रतिको विश्वास बढेका कारण डलर मजवुत देखिएको छ ।

अमेरिकी तेल मूल्यको वेञ्चमार्क मानिने वेस्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) का अनुसार अमेरिकामा यतिखेर तेलको मूल्य माइनस ३७.६३ डलर प्रतिब्यारेलमा झरेको छ।

यसको अर्थ अमेरिकाले अहिले तेल बेचेमा क्रेतालाई उल्टै ३७.६३ डलर दिनुपर्नेछ। सन्‌ २००८ जुनमा प्रतिब्यारेल कच्चा तेलको मूल्य इतिहासकै सबैभन्दा उच्च बिन्दुमा अर्थात १४८.९३ डलर कायम भएको थियो।

लकडाउन जारी रहे अमेरिकामा तेलको जुन महिनाको मूल्यमा पनि गिरावट आउन सक्ने जानकारहरूले बताएका छन्। तेल उद्योग घटिरहेको माग र उत्पादकहरूबीच उत्पादन घटाउने विषयमा भइरहेको खिचातानीका बीच सङ्घर्ष गरिरहेको छ।

नेपालमा प्रभाव कस्तो पर्ला ?

जानकारहरुको अनुसार अन्तरराष्ट्रिय बजारमा मूल्य घट्ने बित्तिकै नेपालमा तेलको मूल्य घट्दैन। तर, तेलको मूल्य घट्दो क्रममा रहेका कारण नेपालको अर्थतन्त्रमा भने सकारात्मक प्रभाव पर्नेछ ।

यसले आगामी दिनमा आउने विप्रेषणलाई भने अप्रत्यक्ष नकारात्मक असर गर्ने उनीहरु बताउँछन्।

हाम्रो आपूर्तिमा प्रमुख हिस्सा ओगटेको तेलको मूल्य घटेसँगै आयात बापत तिर्नुपर्ने रकम कम हुने उनीहरु बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here