हिमाली जिल्लामा वायु तथा सौर्य एवं भौगर्भिक उर्जा उत्पादन गर्न सकिने

काठमाडौं, १० वैशाख । बुद्ध पावर कम्पनीले अनलाइन मौसम मापन केन्द्र, उन्नत वायु तथा सौर्य उर्जा केन्द्र र मुस्ताङ उपत्यकाको दिगो र हरित उर्जा विकास सम्बन्धि अध्ययन रिपोर्ट उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई सोमबार हस्तान्तरण गरेको छ ।

कम्पनीले मुस्ताङको जोमसोममा पहिलो व्यावसायीक मौसम मापन केन्द्र, पहिलो उन्नत वायु तथा सौर्य उर्जा केन्द्र विकास गरी दुई वर्षदेखि सञ्चालन गरिरहेको छ ।

मौसम मापन केन्द्रले मुस्ताङ उपत्यकाको मौसम सम्बन्धि जानकारी हरेक १० मिनेटमा अनलाइनमार्फत दिन्छ । मौसम मापन केन्द्र र उन्नत वायु तथा सौर्य केन्द्र मुस्ताङ जिल्लाको जोमसोमस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घघाटन गरेको उन्नत वायु तथा सौर्य केन्द्रले प्रहरी कार्यालयलाई प्रसस्त पुग्ने विजुली उत्पादन गरिरहेको र हालसम्म कुनै समस्या नआएको पनि कम्पनीले बताएको छ ।

त्यसैगरी मौसम मापन केन्द्र सञ्चालन गरेदेखि मुस्ताङ उपत्यकाको प्रत्येक १० मिनेटको मौसम सम्बन्धि रिपोर्ट अनलाइनमार्फत बुद्ध पावरको कार्यालय पोखरा र स्पेनमा रहेको कम्प्युटरमा संकलन भइरहेको छ ।

हालसम्म उक्त स्टेसनले निरन्तर रुपमा मौसम सम्बन्धि वास्तविक जानकारी दिँदै आएको र केन्द्रमा १८ महिनाको परिक्षण अवधिमा कुनै समस्या नआएको कम्पनीले जानकारी दिएको छ ।

केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा रहेकाले मुस्ताङ उपत्यकाको अन्य स्थानहरुमा पनि यस्ता ठूला/साना यस्ता परियोजना सञ्चालन गर्न सकिने पनि कम्पनीको दाबी छ ।

मुस्ताङका साथै अन्य हिमाली जिल्लामा पनि अनलाइन मौसम मापन केन्द्र सञ्चालन गर्न र उन्नत वायु तथा सौर्य र भौगर्भिक उर्जा मार्फत बिजुली उत्पादन गर्न सकिने कम्पनीले बताएको छ ।

साथै, बुद्ध पावर कम्पनीले प्राविधिक तथा व्यवहारिक अध्ययन मार्फत तयार पारेको मुस्ताङ उपत्यकाको दिगो र हरित उर्जा विकास सम्बन्धि प्रतिवेदनले दिर्घकालिन उर्जा विकासमा टेवा पुर्यााउने कम्पनीले बताएको छ ।

नेपालका अन्य दुर्गम जिल्लामा १० वटा अनलाइन मौसम मापन केन्द्र बनाउने तयारीमा रहेको पनि कम्पनीले जानकारी दिएको छ ।

यसले अर्को १२ महिनामा दिएको रिपोर्टको आधारमा नेपालका हिमाली दुर्गम जिल्लामा मेगावाट स्तरीय उन्नत वायु तथा सौर्य एवं भौगर्भिक उर्जा उत्पादन गर्न सकिने छ ।

मौसम मापन केन्द्रले दिने डाटाबाट विशेष गरी क्यान, डिएचएम, एनइए, एयपिसी र एचआइडिसीएल लाई बढी उपयोगी हुनेछ ।

आगामी दिनमा यस्तै अन्य परियोजना अगाडि बढाउन नेपाल सरकारले आफूलाई अनुमति दिएमा परियोजना संचालन गर्न तयार भएको जानकारीका पनि कम्पनीले दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here