नेपालीले दैनिक कति समय काम गर्छन् ?

काठमाडौं, १४ बैशाख । सरकारले नेपालमा रोजगारी गर्नेहरुका लागि दैनिक कार्यअवधि ८ घण्टा तोकेको छ । यो विश्वव्यापी मापदण्ड पनि हो । मजदुरका लागि ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको दृष्टिकोणबाटै काममा लगाउने प्रचलन छ । त्यो समयभन्दा बढी काममा लगायो भने अतिरिक्त मूल्य तिर्नुपर्छ ।

नेपालमा रोजगारी गर्नेहरुले औसतमा दैनिक ६ घण्टा २९ मिनेट काम गर्ने सरकारी तथ्यांक सार्वजनिक भएको छ । अर्थातः नेपालीले सातामा औसतः ४४ घण्टा काम गर्छन् ।

राष्ट्रिय तथ्यांक विभागका अनुसार यातायात र भन्डारण क्षेत्रमा काम गर्ने मजदुरले भने सातामा ५५ घण्टा काम गर्छन् । उनीहरु दैनिक औसतः ८ घण्टा नै काममा घटिनु पर्छ ।

होटेल, रेष्टुरेन्ट, निर्माण जस्ता क्षेत्रमा काम गर्ने मजदुरले दैनिक ७ घण्टासम्म काममा खटिनुपर्ने तथ्यांक छ । नेपालमा पुरुषहरु दैनिक ७ घण्टा काममा खटिने गरेका छन् भने महिलाको औसतः काम गर्ने अवधि प्रतिदिन साढे ५ घण्टा देखिएको छ ।

नेपालमा माथिल्लो पदमा काम गर्ने महिला र पुरुषमध्ये महिला सबैभन्दा बढी समय काममा खटिने गरेको तथ्यांक छ । विभागका अनुसार पुरुष म्यानेजर औसतः सातामा ४८ घण्टा काममा लाग्ने गरेको पाइयो भने महिला म्यानेजर औसतः ४९ घण्टा काम गरेको विभागको तथ्यांक छ । नेपालमा कृषि क्षेत्रमा काम गर्ने मजदुर औसतः ४४ घण्टा प्रतिसाता मात्र काममा खटिन्छन् ।

कुन फिल्डका मानिस कति समय काम गर्छन ? (घण्टाप्रतिसाता) 

कृषि, वन, मत्स्य पालन :  ३६

खानी : ४५

उत्पादन : ४५

विद्युत, ग्याँस : ४९

पानी : ४६

निर्माण : ५०

होलसेल तथा खुद्रा व्यापार : ४६

यातयात र भण्डारण : ५५

होटेल, फूड सर्भिस : ५३

सूचना र प्रविधि : ४६

वित्त कम्पनी र बीमा : ४४

रियल इस्टेट : ४१

प्रोफेसनल, वैज्ञानिक तथा प्राविधिक : ४२

प्रशासन : ४५

सार्वजनिक प्रशासन, रक्षा, सुरक्षा : ४५

शिक्षा : ४०

स्वास्थ्य : ४६

कला, मनोरन्जन, सिर्जना : ४८

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here