विदेशबाट उद्दारका नाममा राज्यको ज्यादती, व्यवसायिक उडान रोकेर ‘आफ्नालाई विजनेश’

काठमाडौं, २ साउन । नेपालमा अहिले सबै प्रकारका व्यवसायिक उडान बन्द छन् । तर, त्रिभुवन विमानस्थलको आंकडा हेर्ने हो भने आन्तरिक र बाह्य गरी दैनिक डेढ देखि दुई दर्जन हवाईजहाजको आवतजावत हुन्छ । यी जहाजले १ हजारदेखि ५ सय सम्म यात्रुलाई काठमाडौं झारिरहेका छन् । यसरी भइरहको उडानलाई सरकारले भनेको उद्दार उडान । तर, व्यवसायिक अचम्मित छन्, लाखौं यात्रुलाई आफै टिकट काटेर स्वदेश ल्याउनु उडान पनि उद्दार उडान हुन्छ ?

एक पर्यटन व्यवसायि यसलाई ‘लुट उडान’को संज्ञा दिन्छन् । उद्दार भनेको त केही सिमित मान्छेलाई आपतकालिन अवस्थाबाट तत्काल उद्दार गरी ल्याउनु हो । टिकट काट्न सक्ने क्षमताका लाखौं मानिसलाई ल्याउन त व्यवसायिक उडान खोल्नु पर्ला नी । टिकट काट्न सक्ने वा ऋण धन गरेर टिकट काट्ने नेपालीमाथि पनि राज्यले ज्यादती गरिरेको छ । उनको भनाई अनुसार अहिले एयरलाइन्सले सामान्य अवस्थाको तुलनामा दोब्बर भाडादरमा उद्दार उडान गरिरेका छन् । जुन स्वाभाविक पनि हो । किनकी अहिले उनीहरुको विजनेश एकतर्फी हुन्छ । खर्च त उठाउनै पर्यो ।

यो बेला एयरलाइन्सले महंगो टिकट लिनु ठूलो कुरा भएन । तर, दैनिक उत्तिकै संख्यामा आउने व्यवसायिक उडान रोकेर सरकारले नागरिकलाई महंगो भाडादर तिर्न बाध्य पारेको छ । वर्षभर कमाएको पैसा घर फर्कदा हवाईजहाज चढ्दा सकिएपछि भोली काम माग्दा दिन सक्ने सामर्थ छ सरकारसँग ?

नेपाल एशोसिएशन अफ ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाई यसरी भइरहेको ज्यादती रोक्नु पर्ने बताउँछन् । पर्यटन व्यवसायीले चार्टर्ड उडानका नाममा भइरहेको ज्यादती रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् । मन्त्री र सचिवका मान्छेका ट्राभल एजेन्सीले मात्र टिकटको जिम्मा पाउने गरी अहिले भइरहेका चार्टर्ड उडानका लुट रोक्नु पर्ने व्यवसायिको माग छ ।

कोरोना भाइरसविरुद्धका स्वास्थ्य निर्देशिका पालना गरी सेवा संचालन गर्न तयार रहेको भन्दै व्यवसायीले ाव्यवसायिक उडान खोलेर नेपाली नागरिकलाई सहज यात्राको वातावरण बनाउन समेत माग गरेका छन् । वायुसेवा संचालक संघका अध्यक्ष रामेश्वर थापाले सार्वजनिक यातायात समेत संचालन भइसकेको सन्दर्भमा पर्यटन र हवाई व्यवसायीलाई मात्र घरमा थुनेर राख्नुको औचित्य नभएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here