कोरोना बीमा: कुन कम्पनीको कति गरे दाबी भुक्तानी, धेरै भुक्तानी गर्ने युनाइटेड जनरल

काठमाडौं, २२ साउन । नेपालमा पहिलो पटक नयाँ प्रकारको बीमालेख शुरु गरिएको भन्दै व्यापक चर्चा पाएको कोरोना बीमालेखको आर्कषण थप बढ्दै गएको छ । पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएपछि कोरोना बीमाप्रति मानिसहरु थप आर्कर्षित बन्दै गएको हुन् ।

बैशाखबाट शुरु भएको कोरोना बीमाको बुधबारसम्म २० वटा निर्जीवन बीमा कम्पनीहरुले ३४ करोड ९२ लाख ९७ हजार ९ सय २२ रुपैयाँ प्रिमियम संकलन गरेका छन् । बीमामा ६ लाख २० हजार ६ सय ७५ जना सहभागी भइसकेका छन् ।

कोरोना महामारी बढ्दो क्रममा रहेसँगै पोलिसी दाबी गर्ने कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ ।

साउन १९ गतेसम्म ५४ वटा कोरोना दाबी कम्पनीमा परिसकेको छ, भने ३१ वटा दाबीवापत ३१ लाख ५० हजार रुपैयाँ भुक्तानी लिई सकेका छन् ।

जसमा एउटा दाबी भुक्तानी ५० हजार रुपैयाँको र ३० वटा दाबी भुक्तानी रुपैयाँ १ लाख रुपैयाँको छ । जसमा अजोड इन्स्योरेन्सले एक वटा ५० हजारको र चार वटा एक लाख रुपैयाँको दाबी भुक्तानी गरेको हो ।

यसैगरी, एइजीआइले एक जनालाई एक लाख रुपैयाँ भुक्तानी गरेको छ भने चार वटा दाबी परेको छ । हिमालयनमा एक वटा दाबी परेको छ । लुम्बिनीले तीन जनालाई तीन लाख रुपैयाँ भुक्तनी गरेको छ भने २८ वटा दाबी परेको छ ।

नेकोले एक जनाको एक लाख रुपैयाँ कोरोना दाबी भुक्तानी दिएका छन् । एक दाबी परेको छ । प्रभु र प्रिमियरमा २ वटा दाबी परेको छ ।

त्यसैगरी, राष्ट्रिय बीमा कम्पनीले पाँच जनालाई पाँच लाख रुपैयाँ भुक्त्तानी दिएको छ । दुईजना जनाले दाबी गरेका छन् ।

त्यस्तै शिखर इन्स्योरेन्सले हालसम्म चार जनाको बीमितको चार लाख रुपैयाँ कोरोना बीमा दाबी भुक्तानी दिएको छ । भने सात जनाको दाबी परेको छ । सिद्धार्थले चार जनाको बीमितको चार लाख रुपैयाँ कोरोना बीमा दाबी भुक्तानी दिएको छ ।

युनाइटेडले १३ जनाको बीमितको १३ लाख रुपैयाँ कोरोना बीमा दाबी भुक्तानी दिएको छ । भने दुई जनाको दाबी परेको छ ।

बीमा कम्पनीहरुमा साउन २१ गतेसम्म परेको परेको कोरोना दाबी भुक्तानीमा ५४ जना बीमितको दाबी भुक्तानी हुन बाँकी छ । दाबी भुक्तानी हुन बाँकी सबैभन्दा बढी लुम्बिनी इन्स्योरेन्सको २८ वटा, शिखरको ७ वटा रहेको छ ।

बीमा समितिले महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमलाई आर्थिक सुरक्षण प्रदान गर्न सरकारी कर्मचारीहरुलाई निःशुल्क कोरोना बीमा कार्यक्रमको शुरुवात गरेको छ।

कोरोना बीमाको बीमाङक रकम र बीमा शुल्क एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ गरी दुई प्रकारको बीमाङक कायम गरिएको ।

एक लाख बीमाङक कायम भएको बीमालेखका लागि प्रति व्यक्ति एक हजार रुपैयाँ र ५० हजार रुपैयाँ बीमाङकका लागि प्रतिव्यक्ति पाँच सय रुपैयाँ बीमा शुल्क कायम गरिएको समितिले जनाएको छ।

समितिले संगोलमा बसेका परिवारका सम्पूर्ण सदस्यहरुको सामुहिक बीमा गरिएको खण्डमा एक लाख रुपैयाँ बीमाङका लागि प्रति व्यक्ति ६ सय रुपैयाँ र ५० हजार बीमाङकका लागि ३ सय रुपैयाँ कायम गरेको छ।

बीमालेख खरिद गर्नका लागि आवश्यक न्यूनतम सर्तहरु

– नेपाली लागरिक हुनुपर्ने ।

– कुनै नेपाली नागरिक भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको रहेछ भने १५ दिन अनिवार्य रुपमा क्वारेन्टिनमा र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात ।

– सामूहिक कोरोना बीमाका लागि आफ्नो एकाघर परिवारका सदस्यहरु उल्लेख गरिएको

– स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात

– एकल वा सामूहिक कोरोना बीमा खरिद गर्न चाहने व्यक्ति वा परिवार विगत ३० दिनसम्म नेपालमा बसोबास गरेको स्थानीय तहले प्रमाणित गरेको कागजात ।

बीमा लेख खरिद गर्नका लागि बीमित नेपाली नागरिक हुनुपर्ने, कुनै नेपाली नागरिक भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको रहेछ भने १५ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात हुनुपर्ने न्यूनतम सर्त तोकिएको छ ।

त्यस्तै, कोरोना बीमा दावि भुक्तानीका लागि कोरोना बीमालेख खरिद गरेको १५ दिन पश्चात् र नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसिआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइएमा बीमालेख बमोजिमको रकम भुक्तानी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सो कार्यका लागि बीमा कम्पनीले दाबीको निवेदन प्राप्त गरेको ७ दिन भित्र बीमितलाई दाबी भुक्तानी गर्नुपर्नेछ । यदि दाबी भुक्तानी नहुदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा कानूनी हकवालालाई भुक्तानी गर्नु पर्नेछ ।

सामूहिक कोरोना बीमाका लागि आफ्नो एकाघर परिवारका सदस्य उल्लेख गरिएको स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात तथा एकल वा सामूहिक कोरोना बीमा खरिद गर्न चाहने व्यक्ति वा परिवार विगत ३० दिनसम्म नेपालमा बसोबास गरेको स्थानीय तहले प्रमाणित गरेको कागजात हुनुपर्ने समितिले जनाएको छ ।

यो पनि पढ्नुसः

कोरोना बीमा गराउनु भयो ? यस्तो छ बीमासम्बन्धी नयाँ मापदण्ड

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here