उपत्यकामा सात दिन निषेधाज्ञा, के गर्न पाइन्छ, के पाइँदैन ? (निर्णय सहित)

फाइलफोटो

काठमाडौं, २ भदौ । स्थानीय प्रशासनले बुधबार रातीबाट लागू हुने गरी काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेको छ ।

कोरोना भाइरसको महामारीबाट आज सबैभन्दा बढी संख्यामा संक्रमित पुष्टी भएसँगै काठमाडौंमा मानिसहरुको आवतजावत रोक्नु पर्ने निष्कर्षमा सरकार पुगेको हो । सोही अनुसार काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा घोषणा गरेको हो ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बुधबारबाट लागु हुने गरी एक साताका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

यस पटक आवागमन कडाई गरी सडकमा समेत मानिसहरुलाई आवतजावत गर्न नदिने निर्णय गरेको छ । निषेधाज्ञाको समयमा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैन ।

अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न पाइने छैन ।

अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारी साधन, स्वास्थयकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक काठमाडौं उपत्यकाभित्र सवारी साधन प्रवेश निषेध हुनेछ ।

फूटपाथ ला खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय सञ्चालन गर्न पाइने छैन । होटल रेष्टुराँ सबै बन्द रहनेछन् ।

जिल्लाभित्र सबै प्रकारका यात्रुवाहक सवारी साधन सञ्चालन हुने छैनन् । तर बैंकिङ सेवालगायत विभिन्न निकायले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाई सो सम्भव नभएमा न्यूनतम कर्मचारी राखेर सेवा प्रवाह गर्न सकिनेछ ।

काठमाडौं उपत्यकामा आज मात्र २ सय भन्दा बढी संक्रमित भेटिएका छन् । आज काठमाडौंसहित देशभर सर्वाधिक संख्यामा कोरोना संक्रमण पुष्टी भएको छ ।


सम्बन्धितः

काठमाडौंमा उपत्यकामा निषेधाज्ञा घोषणाको तयारी

कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु, मृतकको संख्या ११४ पुग्यो

पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

कोरोनाको जोखिम बढेसँगै काठमाडौं उपत्यकामा कडाइ

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here