खाद्यवस्तुको मूल्यवृद्धि गत वर्षको तुलनामा दोब्बर, काठमाडौंमा धेरै महँगी

काठमाडौं, ९ भदौं । अघिल्लो वर्षको तुलनामा महँगी बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार खाद्य तथा पेय पदार्थमा मुद्रास्फीति ८.१६ प्रतिशत पुगेको छ।

अघिल्लो वर्षको तुलनामा मुद्रास्फीति ५.०७ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा उक्त खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति वृद्धिदर ३.०९ प्रतिशतमा सीमित थियो।

उपभोक्ता मूल्य सूचकाङ्कका आधारमा आर्थिक वर्ष २०७६/७७ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.१५ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्षयस्तो मुद्रास्फीति ४.६४ प्रतिशत रहेको थियो । ०७७ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.७८ प्रतिशत रहेको छ । २०७६ असारमा यस्तो मुद्रास्फीति ६.०२ प्रतिशत रहेको थियो ।

क्षेत्रगत हिसाबमा सबैभन्दा बढी मुद्रा स्फिति काठमाडौं उपत्यकामा ६.९६ प्रतिशत, तराईमा ६.२९ प्रतिशत, पहाडमा ५.१० प्रतिशत र हिमालमा ४.९१ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति क्रमशः ४.८६ प्रतिशत, ४.२६ प्रतिशत, ५.०० प्रतिशत र ४.९१ प्रतिशत रहेको थियो ।

असार मसान्तसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ४.७८ प्रतिशत र सन्२०२० को जुलाईमा भारतमा ६.९३ प्रतिशत रहेको छ ।

वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.६० प्रतिशत रहेको छ । २०७६ असारमा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो ।

कोरोनाको कारण उपत्यकालगायत अधिकांश जिल्लामा निषेधाज्ञा हुँदा आयात तथा ढुवानीमा कठिनाइ भएपछि महँगी बढेको व्यापारी बताउँछन्। महँगी बढेपछि दैनिक ज्यालादारी गर्ने, निजी क्षेत्रमा काम गर्ने, सानोतिनो व्यवसाय गर्ने र विद्यार्थी मर्कामा परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here