डिम्याट खोल्नेको संख्या २६ लाख, सामाजिक सञ्जालदेखि चिया पसलसम्म आइपीओकै चर्चा

नयाँ बानेश्वरको ग्लोबल आईएमई बैंकमा मंगलबार बिहानको लाइन । तस्विर रुटिङ अफ नेपालबन्दबाट

काठमाडौं, ६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा आवेदन दिन बैंकमा लगानीकर्ताको भीड लागेको छ ।

लगानीकर्ताले मेरो सेयर सफ्टवेयरमार्फत घरबाटै शेयर आवेदन दिन सक्ने भए पनि बैंकमा पनि लगानीकर्ताको उत्तिकै भीड लाग्ने गरेको छ । शेयर भर्ने अन्तिम भएको चाप बढेको छ ।

अधिकांश सेवाग्राही डिम्याट खाता, मेरो सेयर र सीआरएन नम्बर लिन बैकमा लाइन लाग्ने गरेका छन् । देशभर चुनावको माहोल बनाउन प्रधानमन्त्री र उनका मन्त्रीहरू देश दौडाहमा लागेपाि आम मानिसको चासो भने शेयरबजारमा नै देखिएको छ ।

अहिले शेयर बजारको चर्चा सामाजिक सञ्जालहरुदेखि चिया पसलसम्म उत्तिकै रहेको छ । युवा पुस्ताहरुले सामाजिक सञ्जाल तताएका छन् भने बुढापाकाहरुको चर्चा चिया पसलमा समेत हुने गरेको छ ।

सामाजिक सञ्जालमा शेयर सम्बन्धि विभिन्न पेजहरु भेट्न सकिन्छ । त्यहाँ आइपीओको बारेमा समस्याको बारेमा चर्चा हुने गरेको छ । गाडीमा हिड्ने अधिकांस युवाहरु पनि शेयरकै बारेमा कुरा गर्ने गरेका छन् ।

समाजमा सेयर बजारको बारेमा निक्कै हल्लीखल्ली भएको छ । त्यसैले यसको तरङ्ग गाउँगाउँसम्म पुगिसकेको अनुभूति हुन थालेको छ ।

नागरिकमा आफ्नै ठाउँबाट सहजै शेयर कारोबार गर्ने चाहाना भए पनि नियामक धितोपत्र बोर्डको वेवास्ता, अक्षमता, गैह्रजिम्मेवारी र ब्रोकर कार्यालयहरुको सिन्डिकेटले गर्दा देशव्यापी ब्रोकरको शाखा विस्तार हुन सकेको छैन ।

वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिन सरकारकै विभिन्न अध्ययन समितिले सिफारिस गरे पनि ब्रोकरको चलखेलमा बोर्डले त्यसलाई आलाटाल गर्दै आएको आरोप छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडकाको तथ्यांक अनुसार पछिल्लो तथ्यांक अनुसार दैनिक १७ हजार जनाभन्दा बढीले डिम्याट खाता खोल्ने गरेका छन् ।

सीडीएसको पछिल्लो तथ्यांक सोमबारसम्म हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या २५ लाख ८२ हजार १०४ जना रहेका छन् ।

गत शुक्रबारसम्म यो संख्या २५ लाख ३४५ जना मात्र थियो । यसरी हेर्दा २ दिनमा डिम्याट खाता खोल्नेको संख्या भारीमात्रामा वृद्धि भएको देखिन्छ ।

सेयर बजार आधुनिकीकरण हुँदै गर्दा यसमा संलग्न हुनेहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको हो ।

असार मसान्तसम्मा डिम्याट खाताको संख्या १७ लाख १४ हजार ४ सय ३२ जनाले मात्रै थियो । करिब ६ महिनामा यो संख्या साढे ८ लाखले बढेको देखिएको छ ।

पछिल्लो एक महिनामा २ लाख २० हजार नयाँ डिम्याट खाता खुलेको छ । अघिल्लो महिनामा औसत १ लाखको खाता खुल्ने गरेकोमा पुस महिनामा यो क्रम दोब्बर भन्दा बढी देखिएको छ ।

जसको कारण आइपीओमा आवेदन दिनेको संख्यामा नयाँ रेकर्ड बनेको छ । चन्द्रागिरी हिल्सको आइपीओमा १२ लाख ५१ हजार १० जनाले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका छन् । यो नै आइपीओमा आवेदनको नयाँ रेकर्ड हो ।

यस अघि प्रभु लाइफ इन्स्योरेन्सको आइपीओमा १० लाख ८२ हजार १४३ जनाको आवेदन परेको थियो।

रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमा साढे ८ लाख हाराहारी आवेदन परेको थियो। एक वर्ष अघि सम्म अधिकतम ५ लाख आवेदन पर्ने गरेको थियो । तथ्यांक अनुसार बैशाखदेखि मंसिरसम्मको अवधिमा ६ लाख २३ हजार ५ सय ९ वटा डिम्याट खुलेका छन् ।

जुन गत वर्षभरि खोलिएको खाताभन्दा ३.४५ गुणा बढी हो ।

पछिल्लो समय अनलाईनबाटै डिम्याट खाता र मेरो सेयर सेवा लिन पाईने र कतिपय क्याप्टिलमा निःशुल्क खोल्न पाइने व्यावस्था भएसँगै खाता खोल्नेको संख्या बढेको छ ।

नेप्सेले सीडीएससीमार्फत २२ चैत्र २०७१ देखि डिम्याट सेयरको आंशिक कारोबार सुरु गरेकोमा ६ वैशाख २०७२ देखि सेयर पहिलो चरणमा सात कम्पनीको पूर्ण अभौतिक सेयर कारोबार थालेको थियो । १ माघ २०७२ देखि नेप्सेमा सबै कम्पनीहरूको डिम्याट सेयर मात्र कारोबार हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here