क्यानभास: कलाको तृष्णा मेट्न ढुंगामा चित्र कोरेको क्षण…

अर्जुन न्यौपाने

हृदयभित्र सुषुप्त अवस्थामा रहेको कलात्मक अनुभूतिलाई पथ प्रर्दशनमा ल्याउन सफल दीपक कुँवरले कलात्मक तृष्णाको छाप समाजमा छोड्नको लागि ठूलो संघर्ष गरे ।

तनहुँको सामान्य परिवारमा जन्मिएका कुँवरको लागि चित्रकला सानै देखिको शोख थियो । बाल्यकालमा नै स्कुलको चकले कालोपाटी देखि पाखा पखेराका ढुंगामा चित्र बनाउँदै हिडेको अनुभूति उनलाई अझै ताजा लाग्छ ।

‘चकले ढुंगामा कोरेको चित्र ठिकठिकै बनेको थियो, उनले हाँस्दै सुनाए’ । चित्रकलावाट नाम र दाम कमाइन्छ भन्ने ज्ञान नभएपनि भित्र लुकेको कलाको भावनाले उनलाई छटपटी पारि रहन्थ्यो ।

चित्र कोरौ कोरौ लाग्ने गरेर ढुंगामा चित्र कोर्दै उनले आफ्नो मनमा लागेको अनुभूति पोख्ने गरेका थिए । । स्केचहरु बनाउनमा सिपालु थिए उनी ।

एक समय यस्तो पनि लागेको थियो कि ‘यति धेरै संघर्ष गर्नुपर्दो रहेछ, म त सक्दिनँ क्यारे ।’ तर, काम निरन्तर गर्दै गए । भन्छन्, ‘अहिले आएर आफूले गरेको संघर्ष हेर्दा खुब इनर्जी आउँछ’ ।

उच्च शिक्षाको लागि काठमाडौं यात्रा तय गरेपछि उनलाई मनभित्रै लुकेको सपना ललितकला क्याम्पसले पुरा गरिदियो ।

पहिला उनलाई ललितकला क्याम्पसको बारेमा त्यति ज्ञान थिएन् र सरस्वती क्याम्पसमा भर्ना भए ।

एक जना साथीले उनलाई आफु भित्र लुकेको कलाको भावनालाई ललितकला क्याम्पसमा भर्ना भयो भने पोख्न पाइन्छ भन्ने जानाकारी गराए । त्यसपछि शुरु भयो उनको यात्रा ।

सौखलाई पेसा बनाउने धमिलो सोच लिएर कलेज छिरेका कुँवरको दिमागमा त्यतिवेला एउटै कुरा मात्र थियो, साधारण पेन्टिङका लागि काम गर्छु । सम्भव भए पेसा बनाउँछु ।

ललितकलाबाट स्तानक तह उत्तिर्ण गरेपछि २०५७ सालमा उनि नेपाल कलाकार व्यवसायी संघमा आवद्ध भए ।

संघमा आवद्ध भएसँगै उनमा पेन्टिङमा आवद्ध अग्रजहरुको संगतले झनै प्रेरणा मिल्यो । उनिहरुको प्रगति, कला हेरेर पनि यसै क्षेत्रवाटै केहि गर्न सकिन्छ भन्ने भाव जागेपछि विभिन्न संघ संस्था प्रतियोगितामा सहभागि हुँदै आफु भित्रको सिप प्रदर्शन र मनभित्रको रुची, चाहानालाई बाहिर ल्याउन सहज माध्यम बन्यो ।

त्यसपछिको बाटो भने चित्रकला सम्बन्धि सैद्धान्तिक र व्यवहारिक ज्ञान भएको पुस्तक निकाल्ने रहर उनमा जाग्यो ।

रहरै-रहरले निकालेको किताबको अप्रत्यासित नजिता

चित्रकला सिक्ने क्रममा वा सानैदेखि लागेको रहर २०६४ सालमा पुरा भयो । बाल्यकालमा स्कुल जिवनमा नै किताबमा देखिएका चित्रको बारेमा चासो लागेर यो कसरी बनाएको होला, म पनि यस्तो बनाउन सक्छु कि सक्दिन भनेर आफ्नै मनले बारम्बार प्रश्न गरि रहन्थ्यो ।

त्यहि बेला देखिको रहन मेट्न उनलाई किताब निकाल्न लागेको रहर अग्रज कलाकारको साथ र सहयोगले २०६४ सालमा पुरा भयो ।

नेपालमा सैद्धान्तिक र व्यवहारिक ज्ञान एउटैमा भएको किताब पाउन कठिन नै भएको बेलामा आफुले दुवै एउटैमा भएको किताब निकालेपछि त्यो नै उनमा जिवनको ठूलो खुशी थियो ।

सम्पूर्ण अग्रज लगाएको चित्रहर समेटेर निकालेको किताबले उनको जिवनमा नयाँ मोड ल्यायो, कतिले यो किताबको लागानी नै उठ्दैनन भनेर भने पनि त्यो किताब सोचेको भन्दा पनि अप्रत्यासित रुपमा बिक्री भएर दोस्रो संस्करण निकाल्न बाध्य बनायो ।

धेरै मिहेनतले किताबको लागि चाँहिले आवश्यक सामाग्री जम्मा गरेर डिजानरको पुग्दा उनको मनमा खिन्नता नआएको भने होईन् । चलेको दुई कलाकारले तपाईको किताब चल्दैन, लगानी पनि धेरै पर्छ भनेर एक पटक मज्जाले सोचेर आउनु भनेर उनलाई फर्काइदिएका थिए ।

तर उनको मनमा जागेको भाव, मर्न दिएनन् । लाग्यो अब किताब चलोस नचलोस निकाल्न चाँही जसरी नी निकाल्छु ।

दुख र मिहेनतले जम्मा गरेका सामाग्री, उत्साहित मनलाई विश्राम नगर्ने सोचमा ऋणै काटेर भएपनि किताब निकाल्ने उनको चाहाना भने पूर्णविराम लागेन् ।

किताब त निकाले तर अग्रज कालाकारले भनेको सम्झनाले उनलाई सताइ रहन्थ्यो । अब बिक्री होला कि नहोला भन्ने औतुहलताको माझ पुस्तक विमोचनाको दिनै नसोचेको किताब बिक्री भयो ।

त्यसपछि लाग्यो नेपालमा पनि चित्रकलाको माग, चासो धेरै नै रहेका भन्ने । किताब विमोचनको दिनपछि उनको मनमा संघर्षले एकदिन सफलता दिनेरैछ भन्ने ज्ञान दिलायो र निरन्तर, सर्मपण नै जिवनको सफलता हो भन्ने शिक्षा दियो ।

कलाकार व्यवसायी संघको यात्रा

उनि यस संस्थामा २०५७ सालदेखि निरन्तर संलग्न रहदै आएका छन् । कलाकार व्यवसायी संघले आफ्नो जिवनमा लुकेर रहेको कला, सिपलाई सार्वजनिक गर्ने माध्यम रुपमा गरिदिन्छ । त्यहाँ पेन्टिङ सम्बन्धि तालिम दिइन्छ ।

अहिले देश, विदेशमा ५, ६ हजारको हाराहारीमा कलाकार व्यवसायी संघबाटै प्रशिक्षण लिएका कलाकारहरु छन् । बागबजारमा एउटा घरमा छिरेपछि ३/४ वटा कोठा पार गरेर अघि बढेपछि ठूलो हलमा पुगिन्छ । भित्तामा रहरलाग्दा पेन्टिङ टाँसिएका छन् ।

कोठाका भित्ताभरि पेन्टिङ नै पेन्टिङ छ, अनेकौं भिन्ना भिन्दै पेन्टिङले केही सोचिरहे जस्ता लाग्छन् । यस्ता दृश्य सहरका बसस्टप र पार्कहरूमा प्रशस्तै देखिन्छन् । लाग्छ चित्रकारले त्यही दृश्य टपक्क टिपेर भित्तामा झुन्डाएको हो ।

कोरोनाले सुस्ताएको पेन्टिङ व्यवसाय

एकवर्ष अघि महामारीको रुपमा फैलिएको कोरोनाको असर पेन्टिङ व्यवसायमा पनि परेको छ । नेपालमा भन्दापनि विदेश पर्यटकहरुको नजर बढि पर्ने यस व्यवसाय सोचे अनुरुप चल्न सकेको छैन् ।

सरकारको नजरबाट पनि टाढिएको पेन्टिङ व्यवसाय माथि उठ्ने जमर्को भने गरिरहेको छ । चित्रकलाको लागि पुरै समय दिइ रहनु पर्छ भन्ने पनि छैन।

जागिर खाएर बिहान, बेलुका बचेको समयमा आफ्नो कला प्रदर्शन गर्ने पेशा पनि हो । रिटायर्ड जिवन बिताइरहेका लागि यो कला उपयुक्त क्षेत्र हो । लगनशिल भई काम गर्ने हो भने या पेशाले नै दैनिक गुजारा सहजै चलाउन सकिने उनको अनुभूति छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here