दूषित बन्दै शहरी हावा, विश्वकै प्रदुषित शहरमध्ये काठमाडौं तेस्रो स्थानमा

फाइलफोटो

काठमाडौं, १५ चैत । नेपालको राजधानी काठमाडौं प्रदुषित शहरको तेस्रो नम्बरमा परेको छ ।

एक्यूआइ अर्थात एअर कण्डिशन इन्डेक्सको तथ्याक अनुसार काठमाडौं तेस्रो स्थानमा परेको हो । काठमाडौंको एक्यूआई अहिले १८० रहेको छ । २ सयभन्दा धेरै एक्यूआइ भएमा हानिकारक र ३ सयभन्दा बढी भएमा अति हानिकारक मानिन्छ ।

चीनको सिनयाङ पहिलो स्थानमा रहेको छ । चीनको सिनयाङमा वायु प्रदूषण मापन गर्ने एक्यूआई ४२५ पुगेको छ । यो अत्यन्तै खतारापूर्ण अवस्था हो ।

यस्तै बंगलादेशको ढाका वायू प्रदूषणको हिसाबले विश्वको दोस्रो स्थानमा रहेको छ । बंगलादेशको ढाकाको एक्यूआई १८८ रहेको छ । चौथो स्थानमा स्थानमा साउदी अरबको रिहाद रहेको छ । पाँचौ स्थानमा कोलकत्ता रहेको छ ।

कोककत्ताको एक्यूआई १७२ रहेको छ । मुम्बई छौंठौ स्थानमा रहेको छ । मुम्बाईको एक्यूआई १६९ रहेको छ । म्यानमार सातौं नम्बरमा रहेको छ । चीनको बेइजिङ भने आठौं स्थानमा रहेको छ ।

बेइजिङको एक्यूआई १६३ मापन गरिएको छ । खडेरीबाट प्रभावित मंगोलिया र उत्तरपश्चिम चीनमा बालुवाको आँधी आएपछि बेइजिङलगायतका ठाउँमा वायुप्रदूषण बढेको हो ।

तथ्याक अनुसार ८० प्रतिशतभन्दा पनि बढी नागरिक प्रदूषित हावामा सास फेर्न बाध्य छन् । यसका कारणले जनस्वास्थ्यमा जटिलताहरू थपिँदै गएको पाइएको छ ।

सो प्रतिवेदनअनुसार विश्वका धनी देशहरूको क्षेत्र जस्तो कि युरोप र उत्तर अमेरिकामा हावामा पाइने गुणस्तरको मात्रा केही सुधारोन्मुख छ ।

तर पनि गरिब देशमा भने स्थिति झन्भन्दा झन् ह्रासोन्मुख हुँदै गएको छ । यस्तो क्षेत्रमा विकासशील देशहरू मध्यपूर्वी क्षेत्र र दक्षिणपूर्वी एसियाली देशहरू पर्दछन् ।

बढी मात्रामा सवारी साधनको प्रयोगलाई घटाएर ट्राफिक भार कमगर्ने, बटुवाको लागि सडक पेटी राखी विरुवा रोप्ने र साइकलको प्रयोगगरी सवारीको चाप घटाउने गर्नाले यो समस्याको समाधान निस्किने पनि सो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी तेस्रो विश्वका कतिपय देशहरूमा भने फोहोर व्यवस्थापनको अवस्था कमजोर भएको, फोहोरलाई डढाएर व्यवस्थापन गर्ने तरिका अपनाउँदा त्यसले झनठूलो मात्रामा प्रदूषण बढाएको पाइएको पनि उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here