काठमाडौंं विश्वकै नम्बर एक प्रदूषित शहर कायमै, अति हानिकारक अवस्थाबाट केही सुधार

काठमाडौं, २६ चैत । केहीदिन अघिदेखि विश्वकै पहिलो प्रदूषित शहर बनेको काठमाडौंको प्रदूषण कायमै रहेको छ ।

वायु प्रदूषणसम्बन्धी ताजा विवरण राख्ने आइक्युएयर वेबसाइटले काठमाडौंलाई विहिबार पनि प्रदूषित शहरमा नै देखाएको हो ।

आज बिहान ८:४१ बजेसम्मको वायु प्रदूषणको मात्रा २२१ एक्युआई रहेको छ। हिजो अत्यधिक प्रदूषित रहेका नेपालका अन्य शहरमा आज प्रदूषणको मात्रा घट्दै गरेको पाइएको छ।

रिपार्ट अनुसार काठमाडौंमा वायु प्रदूषणका साथै फोहोर र त्यसको उचित व्यवस्थापन नहुनाले हुने प्रदूषण उच्च विन्दुमा रहेको देखाएको छ ।

वायु प्रदूषणको अति हानिकारक अवस्थाबाट केही सुधार भएको छ । काठमाडौंपछि दोस्रो नम्बरमा बंगलादेशको ढाका परेको छ । ढाकाको वायु प्रदूषण ९एयर क्वालिटी इन्डेक्स–एक्यूआई० को रेटिङ १६२ पुगेको छ।

तेस्रो नम्बरमा भारतको नयाँदिल्ली परेको छ । नयाँदिल्लीको वायु प्रदूषण ९एयर क्वालिटी इन्डेक्स–एक्यूआई०रेटिङ १५९ पुगेको छ ।

नयाँदिल्ली र लाहौरको जनघनत्व काठमाडौंको भन्दा निकै बाक्लो छ। साथै, त्यहाँ उद्योगधन्दाको संख्या पनि अधिक छ। तर पनि ती दुई शहर नेपालभन्दा कम प्रदूषित बन्न पुगेका छन् ।

सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । २ सयभन्दा धेरै एक्यूआइ भएमा हानिकारक र ३ सयभन्दा बढी भएमा अति हानिकारक मानिन्छ । तथ्याक अनुसार ८० प्रतिशतभन्दा पनि बढी नागरिक प्रदूषित हावामा सास फेर्न बाध्य छन् । यसका कारणले जनस्वास्थ्यमा जटिलताहरू थपिँदै गएको पाइएको छ ।

वायु प्रदूषणका कारण आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा बर्सेनि वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको ज्यान जाने गरेको छ । विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको छ ।

यस्तो समयमा बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ ।

वायु प्रदूषणका कारणले घरबाहिरको खुला ठाउँमा नबस्न, नखेल्न र मर्निङ वाकमा घरबाहिर जाने गरेको भए पनि नजानसमेत विज्ञहरुले अग्रह गरेका छन् ।

सो प्रतिवेदनअनुसार विश्वका धनी देशहरूको क्षेत्र जस्तो कि युरोप र उत्तर अमेरिकामा हावामा पाइने गुणस्तरको मात्रा केही सुधारोन्मुख छ ।

तर पनि गरिब देशमा भने स्थिति झन्भन्दा झन् ह्रासोन्मुख हुँदै गएको छ । यस्तो क्षेत्रमा विकासशील देशहरू मध्यपूर्वी क्षेत्र र दक्षिणपूर्वी एसियाली देशहरू पर्दछन् ।

बढी मात्रामा सवारी साधनको प्रयोगलाई घटाएर ट्राफिक भार कमगर्ने, बटुवाको लागि सडक पेटी राखी विरुवा रोप्ने र साइकलको प्रयोगगरी सवारीको चाप घटाउने गर्नाले यो समस्याको समाधान निस्किने पनि सो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी तेस्रो विश्वका कतिपय देशहरूमा भने फोहोर व्यवस्थापनको अवस्था कमजोर भएको, फोहोरलाई डढाएर व्यवस्थापन गर्ने तरिका अपनाउँदा त्यसले झनठूलो मात्रामा प्रदूषण बढाएको पाइएको पनि उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here