नेपालमा सिमेन्ट उद्योगको उत्पादन क्षमता मागभन्दा धेरै

काठमाडौं, ७ जेठ । नेपालमा सञ्चालित सिमेन्टको माग भन्दा उद्योगहरुको उत्पादन क्षमता धेरै रहेको अध्ययनले देखाएको छ ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको ‘नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानी: आर्थिक सामाजिक प्रभावको अध्ययन’ प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो ।

हाल संचालनमा रहेका ५५ सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता १ करोड ५० लाख मेट्रिक टन छ । जबकी आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार मेट्रिक टन रहेको देखिन्छ।

आन्तरिक रूपमा यी उद्योगहरुबाट ७४ लाख ९० हजार मेट्रिक टन सिमेन्ट उत्पादन भएको छ भने १५ लाख ६० हजार मेट्रिक टन आयात भएको देखिन्छ।

सरकारी उद्योगहरुको औसत क्षमता उपयोग ५०.१२ प्रतिशत, निजी क्षेत्रका उद्योगको ६३.७८ प्रतिशत र प्रत्यक्ष विदेशी लगानी रहेको उद्योगहरुको ४५.८१ प्रतिशत छ । विदेशी लगानीमा सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा हाल सञ्चालित ५५ सिमेन्ट उद्योगहरुमध्ये ३ प्रत्यक्ष विदेशी लगानी, २ सरकारी स्वामित्व र ५० निजी स्वामित्वका रहेका छन् ।

लगानी र उत्पादन क्षमताका आधारमा हेर्दा मुलुकमा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको वाहुल्यता रहेको छ ।

अध्ययनले विदेशी लगानी रहेको उद्योगहरुको मुनाफा तुलनात्मक रुपमा राम्रो रहेको देखाएको छ । सरकारी र निजी स्वामित्व रहेका उद्योगहरुको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगहरुको सञ्चालन र मुनाफा राम्रो रहेको राष्ट्र बैंकले बताएको छ ।

विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून रहेको र मुलुकभित्रै सिमेन्ट उत्पादन बढ्दो क्रममा रहेका कारण केही वर्षदेखि सिमेन्टको आयात घट्दै गइरहेको प्रतिवेदनमा उल्लेख छ । जसले स्थापित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेमा सिमेन्ट आयातमा थप कटौती आउने जनाइएको छ ।

नेपालमा हाल ३ प्रत्यक्ष विदेशी लगानी, २ सरकारी स्वामित्व र ५० निजी स्वामित्वका गरी कुल ५५ वटा सिमेन्ट उद्योग संचालनमा छन् । लगानी र उत्पादन क्षमताका आधारमा हेर्दा मुलुकमा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको बाहुल्यता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here