के हो नोमोफोबिया ? तपाईं पनि यसको शिकार त हुनुभएको छैन ?

प्रविधिको विकाससँगै विभिन्न उपकरणहरुले हाम्रो दैनिक कामहरु गर्न सजिलो बनाउन थालेका छन् ।

यसले हाम्रो श्रम र समयको त बचत गरेको छ तर हामीलाई परनिर्भर र अल्छी पनि बनाइरहेको छ ।

त्यस्तै प्रविधिको अत्यधिक प्रयोगका कारण हामीलाई विभिन्न समस्याहरु पनि देखिन थालेका छन् । एक अध्ययनका अनुसार आजका हरेक ३ युवामा एक युवा नोमोफोबियाको शिकार भएका छन् ।

के हो नोमोफोयिबा ?

नोमोफोबिया यस्तो समस्या हो जसमा मोबाईल वा अन्य कुनै कम्प्युटर आदीमा धेरै समयसम्म जोडिने, ती सामग्रीहरु चलाउन नपाउँदा छटपटी हुने र चलाउन पाँउदिन कि भन्ने डर पैदा हुन्छ ।

यो समस्या भएका व्यक्तिहरुलाई मोबाईल, ट्याब, कम्प्युटर बिना बाँच्नै सक्दिन भन्ने महसुुस हुन्छ ।

विशेषगरी २० देखी ३० वर्षका युवाहरुमा धेरै मात्रामा आफ्नो मोबाईल हराउँछ कि, बिग्रन्छ कि, मोबाईल नभए के गर्ने हाेला भन्ने डर हुन्छ, त्यसलाई नै नोमोफोबिया भनिन्छ ।

यस प्रकारको समस्या धेरै मानिसहरुमा हुन्छ त्यसमा पनि युवाहरुमा धेरै हुने गरेको छ ।

एक अध्ययन अनुसार ९० प्रतिशत भन्दा धेरै मानिसहरु कार्यक्षेत्रमा एक भन्दा धेरै प्रकारका उपकरणहरु खलेर बस्ने गर्दछन् ।

अझै मोबाईल पनि खोल्ने र ल्यापटप, कम्प्युटर पनि खोल्ने धेरैको बानी हुन्छ ।

मोबाईल वा कम्युटर लगाएतका सामग्रीहरु धेरै मात्रामा प्रयोग गर्दा घाँटीमा समस्या हुने, आँखा सुख्खा हुने, साथै अनिन्द्राको समस्या पनि हुने गर्दछ ।

यो थाहा हुँदाहुँदै पनि हामीहरु आवश्यकता भन्दा धेरै समय मोवाइलको प्रयोग गर्ने गर्दछौं ।

बिहान उठ्नेबित्तिकै ओछ्यानबाटै एक पटक फेसबुक र टुईटर गर्ने खोल्ने धेरैको बानी हुन्छ ।

चिकित्सकका अनुसार जब हामी कुनै प्रकारको काम गरीरहेका हुन्छौं त्यस्तो अवस्थामा मोबाईल, ल्याप्टप वा डेक्सटपमा कम्प्यूटरमा आउने नोटिफिकेसनले पनि हाम्रो सम्पुर्ण ध्यान त्यस्ता सामग्रीहरुमा तान्ने काम गर्छ ।

चिकित्सकका अनुसार त्यस्तो नोटिफिकेसनको कारण हामी कुनै शिकारीको जालमा फसेको चरा जस्तै मोवाइलको जालमा फस्छौं ।

हामी हरेक समयमा त्यस्ता सामग्रीहरुको खोजी गरिरहेका हुन्छौ । यदि हामी केही समय त्यस्ता सामग्रीहरुबाट टाढा बस्नु पर्यो भने त्यसको अभाव र बेचैनी हुन्छ र एक प्रकारको अभाव पैदा हुने गर्दछ ।

केही समय त्यस्ता सामग्रीहरुबाट हामी टाढा बस्दा हामी आफुलाई एक्लो भएको अनुभव गरिरहेका हुन्छौं ।

यसबाट बच्न के गर्ने ?

हामी यस्ता उपकरणहरुको नोकर बन्नु भन्दा पनि यसको प्रयोग किन र के कामको लागि गर्ने हो भन्ने कुरामा ध्यान दिन अत्यन्त आवश्यक देखिन्छ ।

चिकित्सकका अनुसार ३० प्रतिशत भन्दा धेरै अभिभावक र बच्चाहरुमा मोबाईल फोनको कारण झगडा नै हुने गरेको पाइन्छ ।

धेरैजसो मानिसहरु सुत्नु भन्दा अगाडि र उठेपछि ३० मिनेट देखि एक घण्टासम्म मोबाईल फोनको प्रयोग गर्ने गर्दछन् ।

स्मार्ट फोनको लत कम गर्ने टिप्सहरु

१. इलेक्ट्रोनिक्स कफ्र्युः सुत्न भन्दा ३० मिनेट पहिले कुनै प्रकारको इलेक्ट्रोनिक्स सामाग्रीहरुको प्रयोग नगर्ने

२. फेसबुकलाई छुट्टीः हरेक तिन महिनामा ७ दिन फेसबुक भन्दा टाढा बस्ने

३. सामाजिक सञ्जालबाट टाढा बस्नेः सात दिनमा एक दिन पुरा सामाजिक सञ्जालबाट टाढा बस्ने ।

४. मोबाईल फोनको प्रयोग त्यतिखेरमात्रै गर्नुहोस् जतिखेर तपाईं घरबाट बाहिर हुनुहुन्छ ।
५. एक दिनमा तीन घण्टा भन्दा धेरै कम्प्यूटरको प्रयोग नगर्ने ।

६. मोबाईलमा दिनमा तीन घण्टा भन्दा धेरै टकटाईम नराख्नुस् ।

७. आफ्नो मोबाईल फोनलाई दिनमा एक पटक भन्दा धेरै चार्ज नगर्ने ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here