मोबाईल ह्याङ भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुस् समाधान

नयाँ हुँदा त सबै फोनहरुको स्पीड राम्रो नै हुन्छ तर जबजब पुरानो बन्दै जान्छ यस्तो अवस्थामा मोबाईल फोनको स्पीडमा पनि कमी हुँदै जान्छ ।

मोबाईल पुरानो हुँदै जाँदा एपहरु खुल्न धेरै समय लाग्ने, मोबाईल छिटो तात्ने, चलाउँदाचलाउँदै अफ हुने वा ह्याङ भएर केहिबेर चल्दै नचल्ने जस्ता विभिन्न समस्या देखिन थाल्छ ।

चलाउँदा चलाउँदै फोन ह्याङ भएपछि हामीलाई दिक्क लाग्छ । कहिलेकाँही त यति धेरै रीस उठ्छ कि मोबाईलनै फालिदिउँ वा फुटाइदिउँ जस्तो लाग्छ ।

दिक्क भएर हामी नयाँ मोबाईल फोन खरीद गछौं ।

तर, हामीलाई मोबाईल ह्याङ वा स्लो हुनमा हाम्रै केही नराम्रा बानीहरु मुख्य कारक हुन्छन् भन्ने थाहै हुँदैन ।

यदि हामीले केहि यस्ता बानीहरुमा सुधार गर्यौं भने मोबाईलकाे स्पीड पनि बढ्छ । निम्न तरीका अपनाउने हो भने केहि हदसम्म भएपनि मोबाईलको स्पीड बढाउन सकिन्छ ।

१. होम स्क्रीनमा धेरै एप नराख्ने

धेरै मानिसहरुको होम स्क्रीनमा धेरै एपहरु राख्ने बानी हुन्छ, जुन मोबाईललाई स्लो बनाउने सबैभन्दा ठुलो कारण हो ।

मोबाईलको स्पीड बढाउन चाहनु हुन्छ भने भने होमपेजमा रहेको मौसमको जानकारी, लाईभ वालपेपरका एपहरु हटाउनु पर्दछ ।

२. डाटा सेभर मोड अन गर्ने

मोबाईलमा हुने डाटा सेभर मोड अन गर्दा कुनै पनि वेवसाईट अन गर्दा त्यसमा रहेको फोटो र भिडियोहरु थोरै वा कम क्वालीटिको आउँछ ।

त्यसकारण ठुला पेजहरु पनि सजीलै खुल्छ र तपाईंका मोबाईल फास्ट हुन्छ ।

३. अटो सिंक बन्द गर्ने

आजभोली धेरै प्रकारको स्मार्ट फोनहरुमा अटो सिंक अटोमेटिक अन भएको हुन्छ, ब्याकग्राउण्डमा विभिन्न एपहरु अपडेट भइरहेको हुन्छ र डाटा चलिरहेको हुन्छ । यसले पनि फोनको गति घटाइरहेको हुन्छ ।

फोटो तथा भिडियोहरु स्वत अपलोड भईरहेको हुन्छ । अटो सिंक बन्द गर्दा मात्रै पहिलेको तुलनामा मोबाईलको स्पीड राम्रो हुन्छ ।

४.समय अनुसार फोनको सिस्टम अपडेट गर्ने

धेरै कम्पनीहरुले समयसमयमा धेरै प्रकारका नयाँ एपहरु बनाईरहेको हुन्छ त्यसकारण यस्ता एपहरु समय समयमा अपडेट गरीरहन पर्दछ ।

साथै, मोबाइलको सेटिङको एकाउन्टमा गएर पनि अपडेटको लागि चेक गर्न सकिन्छ ।

५. माथिका उपायले काम नगरे रिसेट गर्ने

मोबाईलको स्पीड बढाउन लागि सबै प्रकारका उपायहरु अपनाउँदा पनि सम्भव नभएमा एक पटक मोबाईललाई रिसेट गर्नुपर्छ । रिसेट पछि फोन राम्रो सँग चल्न सुरु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here