८ बैंकको सीसीडी अनुपात ८० प्रतिशत नाघ्यो, औसतमा ७७ प्रतिशतमात्रै

काठमाडौं, ४ साउन । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक मध्ये ८ वटाको कर्जा निक्षेप तथा पुँजी (सीसीडी) अनुपात ८० प्रतिशत नाघेको छ । यो असार मसान्तसम्मको तथ्यांक हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले ८५ प्रतिशतसम्म सीसीडी अनुपात कायम गर्न पाउँछन् । ८० प्रतिशतभन्दा माथि सीसीडी रेसियो पुर्‍याउने बैंकमा सिभिल, एनआईसी एसिया, मेगा, माछापुच्छ्रे, कुमारी, सिद्धार्थ बैंक, सानिमा र सनराइज बैक रहेका छन् ।

गत असार मसान्तसम्म औसतमा ७२ प्रतिशत हाराहारीमा रहेको सीसीडी अनुपात असार मसान्तसम्म बढेर औसतमा ७७.३८ प्रतिशत पुगेको छ ।

सीसीडी अनुपातले बैंकहरुको कर्जा प्रवाह क्षमता देखाउँछ । यसकारण कम सीसीडी अनुपात भएका बैंकहरुको कर्जा प्रवाह क्षमता धेरै र बढी भएका बैंकका कम भन्ने बुझिन्छ ।

असार सम्ममा सबैभन्दा धेरै सीसीडी अनुपात रहने बैंकमा मेगा शीर्ष स्थानमा रहेको छ । यसको यस्तो अनुपात ८२.०२ प्रतिशत रहेको छ ।

यसले आगामी दिनमा थप कर्जा विस्तार गर्न सक्ने सीमा न्यून रहेको जनाउँदछ ।

पछिल्लो समय आक्रमक कर्जा विस्तार गरेका बैंकहरुको सीसीडी अनुपात क्रमशः एनआइसीको ८१.१२ सिभिलको ८०.३८, कुमारीको ८१.०१ , माछापुच्छ्रे ८०.०९ सानिमा ८०.६०, सिद्धार्थ बैंकको ८०.१५ र सनराइज बैकको ८०. ४१ प्रतिशत रहेको छ ।

सीसीडी अनुपात कम हुनेमा नेपाल बंगलादेश बैंकको ६७.३७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६९.७४ प्रतिशत,एभरेस्ट बैंकको ७२.६२ प्रतिशत, प्रभु बैंकको ७३.१७ प्रतिशत र कृषि विकास बैंकको ७३.३३ प्रतिशत रहको छ ।

कोभिड–१९ को प्रभावपछि राष्ट्र बैंकले बैंकहरुलाई बढीमा ८५ प्रतिशत सीसीडी अनुपात कायमा गर्नु पर्ने व्यवस्था गरेको छ । यसअघि यस्तो अनुपात बढीमा ८० प्रतिशत हुनुपर्ने व्यवस्था थियो ।

बैंकको सीसीडी अनुपात ८० प्रतिशतमाथि पुगेपनि बैंकहरुको औसत यस्तो अनुपात ७७.३८ प्रतिशतमात्र छ । यसको अर्थ बैंकहरुसँग अझै कर्जा प्रवाह गर्न सक्ने क्षमता छ भन्ने हो ।

तर, पछिल्ला केही सातामा बैंकहरुको सीसीडी अनुपात एक्कासी बढ्नुले बैंकमा अधिक तरलता कमी भएको भन्ने संकेत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here