ल्यापटप केही समयमै तात्छ ? यसो गर्नुस

काठमाडौं । कोरोना संकटपछि ‘ओर्क फर्म होम’ धारणा आएसंगै मानिसहरुको ल्यापटपमा निर्भरता धेरै बढेको छ ।

लामो समयसम्म ल्यापटपमा काम गर्दा ल्यापटप तात्नु स्वाभाविक हो । तर, यसलाई बेवास्ता भने गर्नु हुँदैन् । यसलाई बेवास्ता गर्दा ल्यापटपमा निकै ठूलो असर पर्छ । त्यसकारण ल्यापटप अस्वभाविक रुपमा तात्न थाल्यो भने यी कुरामा ध्यान दिनुहोस्

कुलिङ फ्यान

छिटो तात्ने समस्या पुरानो ल्यापटप मा धेरै हुन्छ । त्यसकारण पुरानो ल्यापटक नकिन्ुहोस् ।
ल्यापटप पुरानो भईसकेको छ भने, उक्त ल्यापटपको फ्यान परिवर्तन गर्नुहोस् । कुलिङ फ्यानले ल्यापटपलाई तात्नबाट बचाउछ ।
ल्यापटपको कुलिङ फ्यानलाई समय समयमा सफा गर्नुहोस् । कतिपय अवस्थामा धुँलो वा अन्य फोरोर सामग्री गएको कारण पनि ल्यापटप छिटो तात्छ ।

ल्यापटप तकिया, कम्बल माथी नचलाउनुहोस्

ल्यापटप सधैं समतल सतह मा चलाउनु पर्छ।
ल्यापटप चिसो को लागी तल बाट हावा लिन्छ। यदि तपाइँ यी चीजहरु मा ल्यापटप चलाउनुहुन्छ, तब ल्यापटप राम्रो हावा भेन्टिलेशन गर्न सक्दैन र तात्छ ।

काम सकिएपछि ल्यापटप बन्द गर्नुहोस् । केही समयको लागि मात्रै बन्द गर्दापनि ल्यापटप तात्न कम हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here