प्रर्दशनको पर्खाइमा ८५ वटा सिनेमा, १ अर्ब ६० करोड रुपैयाँ फ्रिज

जितेन्द्र खनाल

काठमाडौं, ४ भदौं । कोरोना संक्रमणको कारण बन्द रहेका चलचित्र हलहरू कहिले खुल्ने भन्नेमा अझै अन्योल छ ।

निषेधाज्ञा खुकुलो हुँदा केही चलचित्रहरु निर्माण पनि भए पनि प्रदर्शन भने कोरोनाको नयाँ भेरियण्टको कारण अझै अनिश्चित बन्दै गएको हो ।

प्रदर्शनका लागि तयार चलचित्र रोकिँदा लगानी जोखिममा परेर चलचित्र क्षेत्र नराम्रैसँग थलिएका छन् ।

प्रदर्शनका लागि तयार ८५ चलचित्रको आँकडा निकाल्दा १ अर्ब ६० करोड रकम फ्रिज भएर बसेको चलचित्र निर्माता संघको अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको फिल्म तथा मनोरञ्जन समितिको सभापति आकाश अधिकारी बताउँछन् ।

१०/१५ अर्ब लगानी गरे बनेका सिनेमा भवनहरु यतिकै बसेका छन् । ‘कोभिड महामारीअघिसम्म कति नयाँ हल खुल्ने तयारीमा थिए । ती हलवाला अब खोल्ने मुडमा छैनन्, भएकै हल अहिले बन्द भइरहे । केही भत्किने क्रम जारी छ । कलाकारहरू वैकल्पिक बाटोमा लागेको अवस्था छ,’ उनले क्लाउड पत्रिकासँग भने ।

कोभिड केही कम भएपछि गतवर्ष हामी सीसीएमसी देखि सम्बन्धीत सबै निकाय गयौं । सिनेमा छायांकनको लागि निश्चित मापदण्ड सहित अनुमती दिइयो । त्यसको एक महिनापछि सिनेमा हलपनि खुल्यो ।

तर, यसमा कुनै उत्साह भएन् । दर्शक हलसम्म आएनन् । त्यो स्वभाविक पनि थियो । कसैले खोप पाएका थिएनन्, आत्मबल बढेकै थिएन्, कोभिडको त्रासकै कारण दर्शक पाउन नसकेको अधिकारीले बताए ।

‘हामीले तिर्ने १३ प्रतिशत भ्याटबाट आधा फिर्ता गर्न र मनोरञ्जन कर दुई वर्षको लागि छुट गर्न भनेका थियौं । यसो गरिदिनु भयो हामी उठ्छौं, हामी सिनेमा चलाउछौं भनेको हाम्रो कुराको कुनै सुनुवाई भएन्,’ उनले भने ।

यसको मतलब के हो भने नेपालमा विदेशी सिनेमा भित्रियोस्, विदेशी भाषा संस्कृतिले नेपाली भाषा संस्कृतिलाई तल पारोस् भन्ने नै हो ।

अधिकारी भन्छन्, या त सरकारी निकायमा आफ्नो कला संस्कृतिप्रति माया नभएका व्यक्ति छन् या उनीहरुले यसको महत्व नै वुझेका छैनन् र दुरदर्शी कुरा सोच्नै सक्दैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here