स्क्रिनमा धेरै समय बिताउदा मस्तिष्कमा समेत असर

काठमाडौं । फोन तथा विद्युतीय प्रविधिको धेरै प्रयोगले आइक्यू घट्न थालेको एक वैज्ञानिकले दाबी गरेका छन् । फ्रान्सका स्नायुवैज्ञानिक मिशेल डेस्म्युजका अनुसार बालबालिका र किशोरकिशोरीले स्क्रिनमा धेरै समय बिताउन थालेकाले उनीहरूको औसत आइक्यू घट्न थालेको हो ।

डेस्म्युजेले आफ्नो पुस्तक द डिजिटल क्रेटिन (अर इडीअट) फ्याक्ट्रीमा डिजिटल प्रविधिलाई मूर्ख उत्पादन गर्ने उद्योगसँग तुलना गर्दै यसप्रकारको दाबी गरेका हुन् ।

औसतमा दुई वर्षकाले प्रत्येक दिन तीन घण्टा र आठ वर्षकाले प्रत्येक दिन पाँच घण्टा समय बिताएको पाइन्छ । त्यस्तै, किशोरकिशोरीले सात घण्टाभन्दा बढी समय बिताएको देखिन्छ ।

फ्रान्सको राष्ट्रिय स्वास्थ्य संस्थामा अनुसन्धान निर्देशक तथा एमआइटी र युनिभर्सिटी अफ क्यालिफोर्निया स्नायुविज्ञ डेस्म्युजको किताबले इन्टरनेट लोकप्रिय भइसकेपछि जन्मिएका बालबालिकाको आइक्यू उनीहरूका आमाबुबाभन्दा कम रहेको तर्क गरेको छ ।

विद्युतीय प्रविधि आउनुअघि प्रत्येक नयाँ पुस्ता अघिल्लो पुस्ताभन्दा बाठो भएको डेस्म्युजेले बताएका छन् । सबै दोष बच्चाले स्क्रिनमा बिताएको समयलाई लगाउन नसकिए पनि धेरैजसो अध्ययनले टेलिभिजन वा भिडियो गेममा बढी समय बिताउँदा आइक्यू र ज्ञानसँग सम्बन्धित मस्तिष्कको विकास प्रक्रिया कमजोर रहेको देखाएको छ ।

डिजिटल उपकरणमा बढी समय दिँदा परिवारसँग अन्तर्क्रियाको गुणस्तर र परिमाणमा कमी आउने तथा उपलब्धिपूर्ण कामका लागि दिइने समय घट्नाले प्रभाव पर्ने हुन्छ । साथै, निद्रा प्रभावित हुने, ध्यान अन्यत्र जाने, एकै प्रकारको जीवनशैली र ज्ञानसम्बन्धी प्रतिक्रिया कम हुँदा मस्तिष्कले आफ्नो पूर्ण क्षमतामा काम गर्न सक्दैन । बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here