बन्दाबन्दी अवधिमा पर्यटन व्यवसायका ५३ प्रतिशत कर्मचारीको रोजगार कटौती

काठमाडौं, २७ भदौ । कोभिड–१९ (पहिलो लहर) पछि दोस्रो लहरको अवधिमा पर्यटन क्षेत्र सबैभन्दा धेरै मारमा परेको छ ।

कोभिड—१९ ले गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा पारेको प्रभाव सम्बन्धी अध्ययन प्रतिवेदन अनुसार मुलुककै सबैभन्दा बढी पर्यटकीय गतिविधि हुने गण्डकी प्रदेशमा बढी असर पु-याएको अनुमान गरेको छ ।

गण्डकी प्रदेशको पर्यटकीय स्थल, पर्यटन व्यवसायको घनत्व तथा पर्यटक आगमनको आधारमा ११ जिल्लाहरुमध्ये कास्की, म्याग्दी, मुस्ताङ्ग, तनहुँ, लमजुङ्ग, मनाङ्ग र नवलरासी गरी ७ जिल्ला नमुनाको रुपमा छनौट गरेर उक्त प्रतिवेदन तयार परिएको उल्लेख गरिएको छ ।

अध्ययनमा कोभिड–१९ (पहिलो लहर) पछि दोस्रो लहर आउनु अघिसम्मको अवधिमा पर्यटन क्षेत्रको आम्दानी तथा रोजगारीमा पुगेको असरलाई समष्टिगत रुपमा अध्ययन गरिएको जनाईको छ ।

अध्ययनमा होटल तथा रिसोर्ट, रेष्टुरेण्ट तथा बार, साहसिक पर्यटन, टुर्स तथा ट्राभल्स एजेन्सी, ट्रेकिङ एजेन्सी र होम–स्टेका ३५६ व्यवसायीहरुको स्थलगत सर्वेक्षण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बन्दाबन्दी अवधिमा सर्वेक्षणमा संलग्न अधिकांश पर्यटन व्यवसायहरु पूर्ण रुपमा बन्द भएको पाइएको छ ।

सो अवधिमा ५३.१ प्रतिशत कर्मचारी÷कामदारको रोजगारी कटौती भएको र रोजगारी कटौती हुनेमा अस्थायी/ज्यालादारी कामदारको हिस्सा ८९.५ प्रतिशत रहेको पाइएको छ । बन्दाबन्दी अवधिमा कर्मचारी/ कामदारको तलब सुविधा औसतमा ५७.३ प्रतिशतले कटौती भएको पाइएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here