असुरक्षित एपबाट कसरी सुरक्षित रहने ? यस्ता छन् उपाय

काठमाडौं । एन्ड्रोइड स्मार्टफोनका लागि गुगल प्ले स्टोरबाट आफूलाई चाहिएको एप्लिकेसन (एप) डाउनलोड गर्ने गरिन्छ ।

तर, प्ले स्टोरमा सूचीकृत भएका हजारौं एपहरूले स्मार्टफोनको सुरक्षालाई खतरामा पार्न सक्छन् । प्ले स्टोरमा रहेका केही एपहरू असुरक्षित हुन्छन् । असुरक्षित एपबाट प्रयोगकर्ताको नाम, ठेगाना, जन्ममिति, लोकेसन, पासवर्ड लगायतका व्यक्तिगत विवरणहरू बाहिरिन सक्ने जोखिम बढी हुन्छ ।

व्यक्तिगत विवरणहरू सजिलै चोरी हुनसक्ने हुँदा एन्ड्रोइड एपका प्रयोगकर्ताहरू खतराको दायरामा हुन्छन् । प्ले स्टोरमा सूचीकृत भएका एपहरू कुन सुरक्षित र कुन असुरक्षित भएको हेरेर पत्ता लगाउन सकिँदैन ।

जसकारण असुरक्षित एपहरूबाट सुरक्षित रहन केही उपायहरू अपनाउन सकिन्छ ।

असुरक्षित एपहरूबाट सुरक्षित रहने केही उपायः

– गुगल प्ले स्टोरबाट एप्लिकेसन डाउनलोड गर्दा एप्लिकेसनको सम्पूर्ण विवरण जाँच गरेपछि सुरक्षित महसुस भए मात्र त्यस्ता एप डाउनलोड गर्नु पर्छ ।

– असुरक्षित एपहरूको विवरण राम्रोसँग लेखिएको हुँदैन । जसकारण नाम, एपको विवरण गलत हुने वा स्पेलिङ गलत समेत भएको हुनसक्छ ।

– कुनै भुक्तानीबिना वा निकै कम भुक्तानीमा नै रिवार्डको प्रस्ताव गर्ने एपहरूलाई विश्वास गर्नुहुँदैन ।

– एप डाउनलोड गर्नुअघि अन्य प्रयोगकर्ताले गरेका रिभ्युहरू हेर्न जरुरी हुन्छ ।

– एपको अनुमतिमा विशेष ध्यान पुर्‍याउनुपर्छ । एपलाई व्यक्तिगत विवरण बाहिरिन सक्ने अनुमति दिनुहुँदैन ।

– मोबाइलमा विश्वासिलो एन्टिभाइरस सफ्टवेयरको प्रयोग गर्नु उचित हुन्छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here