विश्वको जल्दोबल्दो समस्या जलवायु परिवर्तन, गृह श्रमिक र महिला धेरै जोखिममा

काठमाडौं, १३ माघ । जलवायु परिवर्तन अहिले विश्वकै जल्दोबल्दो समस्याका रूपमा देखापरेको छ ।

विश्वमा जलवायु परिवर्तनको असरले मानव जातिका लागि नै जोखिम बढ्ने सम्भावना बढेको छ ।

युरोप, अमेरिका तथा एसियाकै केही देशको मौसममा देखिएको असाधारण उतारचढावका कारण हावा, हुरी, अतिवृष्टि, सुक्खा, बाढीजस्ता प्राकृतिक प्रकोपका घटना जुन भए त्यसलाई जलवायु परिवर्तनका पछिल्ला विध्वंशकारी प्रभावका रूपमा लिन सकिन्छ ।

जलवायुजन्य घटनाको प्रत्यक्ष प्रभाव गृह श्रमिक र महिलामा देखिएको जनाइएको छ।

गृह श्रमिक, विशेष गरी महिलामा जलवायुजन्य परिवर्तनको प्रभाव दक्षिण एसियामा कस्तो छ भनेर गरिएको अध्ययनको प्रतिवेदनले गृह श्रमिकमहिला जोखिमको अग्रस्थानमा रहेको देखाएको हो ।

होमनेट साउथ एसियाको नेतृत्वमा नेपाल, भारत र बंगलादेशमा शहरी क्षेत्रका गृह श्रमिकमा जलवायु परिवर्तनको प्रभाव सम्बन्धमा अध्ययन भएको हो ।

बंगलादेशको ढाका, भारतको अहम्दाबाद र सुरत तथा नेपालको भक्तपुर र ललितपुरका शहरी सुकुम्बासी तथा अनौपचारिक बस्तीका गृह श्रमिकको अवस्था र जलवायु परिवर्तनलाई लिएर अध्ययन गरेको थियो ।

कमजोर आवाज तथा अस्थिर आर्थिक अवस्थाका कारण पनि गृह श्रमिकहरु जलवायुजन्य जोखिमको अग्रस्थानमा रहेको देखिएको हो । उनीहरुमा सामाजिक सुरक्षाको पहुँच नहुँदा प्रभाव दीर्घकालीन पर्ने अध्ययनमा उल्लेख छ ।

अध्ययनमा सहभागी भएका मध्ये ८३ प्रतिशत भन्दा बढीले पछिल्लो १० वर्षमा गर्मी यामको तापक्रम औषत भन्दा बढी महशुस गरेको बताए पनि ६६.३ प्रतिशतले यस्तो परिवर्तनको कारणबारे थाहा नरहेको बताएका छन् ।

अध्ययनमा सहभागी भएकामध्ये करिब ५५ प्रतिशतले जलवायु परिवर्तनले प्रत्यक्ष रुपमा आफूहरुको परिवारलाई प्रभाव पारेको बताएका छन् ।

अस्ट्रेलियामा सन् २०१९–२० ताका भएको भीषण डँडेलोको कारक तत्व पनि जलवायु परिवर्तन नै मानिएको छ, जसमा करोडौँ जीवजन्तु डढेर खरानी भए भने एक सय अर्ब डलरभन्दा बढीको नोक्सान भएको थियो ।

पृथ्वीको तापक्रममा अत्यधिक वृद्धि, सुक्खा, बाढी, डँडेलो, अतिवृष्टि तथा समुद्री सतहमाथि उठ्नेजस्ता घटना हालैका दिनमा जसरी विश्वव्यापी रूपमा वृद्धि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here