सामाजिक सुरक्षा कोषमा १६ हजार ५२९ रोजगारदाता सूचीकृत, १२ अर्ब ८७ करोड संकलन

काठमाडौं, २५ माघ । सामाजिक सुरक्षा कोषमा १६ हजार ५२९ रोजगारदाता सूचीकृत प्रकृयामा सामेल भएका छन्।

सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार ३ लाख १२ हजार ६१२ श्रमिक कोषमा आबद्ध भएका छन् । जसबाट कोषमा अहिलेसम्म १२ अर्ब ८७ करोड योगदान रकम संकलन भएको छ ।

विभिन्न चार योजनाअन्तर्गत १५ हजार ३६६ योगदानकर्तालाई ७१ करोड ४२ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । यो तथ्यांक मंसिर २४ गतेसम्मको हो ।

कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ । ८ हजार ७२२ लाभग्राहीलाई उक्त योजनाअन्तर्गत ९ करोड ९६ लाख ९५ हजार २७५ रुपैयाँ भुक्तानी भएको छ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबाट २०४ लाभग्राहीलाई ९६ लाख ८ हजार ६३५ रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाबाट १५५ लाभग्राहीलाई १ करोड ९० लाख ४५ हजार ५२७ रुपैयाँ भुक्तानी लिएका छन् ।

त्यस्तै वृद्धावस्था सुरक्षा योजनाबाट ९४४६ लाभग्राहीलाई ५८ करोड ५९ लाख ३४ हजार ९१ भुक्तानी दिइएको कोषले जनाएको छ ।

यही अवधिसम्ममा कोषमा रु १२ अर्ब ८७ करोड योगदान संकलन भएको छ । कोषमा मासिक रुपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ ।

कोषमा मासिक रुपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ ।

कोषले ल्याएका विभिन्न योजनाप्रति योगदानकर्ताको आकर्षण बढाउन केही योजनाको परिमार्जन गरिएको छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषजस्ता निकायले बचतकर्तालाई दिएका सुविधा सामाजिक सुरक्षा कोषले पनि कार्यान्वयनमा ल्याएको छ ।

सूचीकृत योगदानकर्ताले कोषबाट विशेष सापटी, शैक्षिक कर्जा, आवाश कर्जालगायत सुविधा पाउनेछन् । २०७५ मंसिर ११ गतेदेखि सामाजिक सुरक्षा योजना सुरू गरिएको थियो ।

निजी क्षेत्रका सम्पूर्ण रोजगारदाता तथा श्रमिक समेट्ने गरी २०७६ साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रूपमा कार्यान्वयनमा आएको हो ।

कोषमा सूचीकृत भएका योगदानकर्ता विभिन्न कारणले ज्यान गुमाएकाहरुका परिवारलाई पेन्सनको व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here