सक्षम नेतृत्वले पाँच वर्षमै फेरिएको वडा…

काठमाडौं । जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तै भएको छ गण्डकी गाउँपालिका वडा नम्बर ८ का अहिले ।

वर्षौदेखि स्वरुप परिवर्तन हुन नसकेको यस वडामा २०७४ को स्थानीय तहको निर्वाचनसँगै निर्वाचित वडा अध्यक्ष रामप्रसाद रेग्मीको काम गर्ने लगनशीलता र अहोरात्र खटाइले पाँच वर्षमै मुहार फेरिएको बताउँछन् स्थानीयवासी ।

पाँच वर्ष अघिका गाउँ र अहिलेका गाउँमा धेरै कुरामा परिवर्तन आएको छ । सबैभन्दा ठूलो परिवर्तन जनताले सुविधा उपभोग गर्न पाएका छन् ।

रेग्मीको योजना र कार्यशैलीमा अन्य जनप्रतिनिधि एवं स्थानीय जनताले साथ दिएपछि वडाले नयाँ पहिचान पाउन सफल भएको स्थानीयबासीको दाबी छ ।

विकासका पूर्वाधारहरू पुगेपछि गाउँमा नै सम्भावना खोज्ने युवा बढेका छन् । पूर्वाधारले ग्रामीण जनताको आर्थिक अवस्थामा मात्रै परिवर्तन आएको छैन, उनीहरूको जीवनशैली, व्यवहार र खानपानमा समेत परिवर्तन ल्याइदिएको छ ।

४ वर्ष अघिसम्म गण्डकी गाउँपालिका वडा नम्बर ८ का जनतालाई बर्खा लाग्ने वित्तिकै खानेपानीको अभावले पिरोल्थ्यो । वडाको अधिकांश वडाको खानेपनीको स्रोत खोला नै हो ।

बर्खामा खोलामा बाढी आउने तथा पाइप बगाउने गर्दा खानेपानीकै समस्या हुने गर्थो । तर अहिले त्यो समस्याको लगभग समाधान नै भइसकेको छ ।

पानीको समस्या भएका वडाको विशेषगरी खस्टार, विर्ता क्षेत्र, तल्लो खस्टारमा र सिउरेनटारमा खानेपानीको समस्या मात्र समाधान भएन हिउँदमा या सुख्खा समयमा बेमौसमी तरकारी फलाउन समेत सम्भव भयो ।

अहिले डिप बोरिङबाट त्यहाँका ३ सय ७० घरपरिवारलाई खानेपानी उपलब्ध गराइएको छ । डिप बोरिङबाट करिव हजार रोपनी जमिनमा जुनसुकै बेलामा सिंचाइ गर्न सकिन्छ ।

त्यसो त अध्यक्ष रामप्रसाद रेग्मी वडाको नयाँ गाउँमा निर्माणाधिन सोलार लिफ्ट सिंचाइ अन्तिम चरणमा पुगेको बताउँछन् । जसबाट ७ सय रोपनीको जमिनमा जुनसुकै समयमा बेमौसमी तरकारी उत्पादन गर्न सकिन्छ । यसले स्थानीय जनताको आयस्तरमा त सुधार हुन्छ नै राष्ट्रिय आयमा योगदान पुर्‍याएको छ ।

त्यस्तै बेनिटारमा पनि सोलार लिफ्ट सिंचाईको प्रक्रिया शुरु गरिएको छ ।

त्यस्तै एक घर एक धाराको कार्यक्रम अन्तिम चरणमा पगेको वडा अध्यक्ष रामप्रसाद रेग्मी बताउँछन् ।

जसबाट वडा भरका ९ सय ५६ घरधुरी लाभान्वित हुनेछन् । आगामी २० बर्षको मागलाई मध्यनजर गर्दै शुरु भएको सहरी खानेपानी आयोजना निर्माण कार्यक्रम निर्माणको चरणमा छ ।

त्यसो त वडा नम्बर ८ स्वास्थ्यमा पनि सम्भवत गाउँकै नमुना वडाका रुपमा विकास भएको देखिन्छ । कोभिड संक्रमणको समयमा गाँउपालिका भरिमै एक मात्र आइसोलेसन सेन्टर निर्माण गरिएको थियो । जसबाट १ गाउँपालिका भरिका १ सय भन्दा बढी कोभिडका बिरामीहरुले स्वास्थ्य सेवा लिइ घर फर्केका थिए ।

कोभिड संक्रमितहरुको उपचारका लागी स्वास्थ्यचौकीमा १० ओटा आइसोलेसन बेड तथा २ ओटा अक्सिजनको समेत व्यवस्था गरिएको थियो । त्यस्तै वडा ८ ले आफ्नै छुट्टै एम्बुलेन्सबाट सेवा प्रदान समेत गर्दै आएको छ ।

कोभिड नियन्त्रणका लागि वडाका सबै भरमा स्वास्थ्य सामग्री वितरण गरिएको अध्यक्ष रेग्मी बताउँछन् । कोभिड प्रभावित ६० परिवारलाई १० हजारका दरले अनुदान दिने योजना अन्तिम चरणमा रहेको उनले जानकारी दिए । कोभिड प्रभावितलाई अनुदान दिने योजना वडाबाट पास भएर गाउँपालिकामा पुगेको द्ध चुनाव लगतै त्यो काम पुरा हुन्छ ।

त्यस्तै सो वडाका जनप्रतिनिधिहरुले आफ्नो सेवाबाट १० हजारका दरले १२ जना दिर्घ रोगीहरुलाई स्वास्थ्य उपचारका लागि खर्च समेत प्रदान गरेका थिए ।

आफ्नो पाँच बर्षे कार्यकालको लगभग अन्तिम समयमा रहेका रेग्मीले वडाभरीका काठको पोल विस्थापित गरेर फलामे पोल स्थापना गरे । थप १५० पोल समेत विस्तार गरेका छन् । रेग्मीले नै वडा नं ८ गोरखा जिल्लाकै पहिलो काठे पोल मुक्त वडा बनाएका थिए ।

७ ओटा परम्परागत धारोलाई पूर्ननिर्माण गर्नुका साथै क्लव भवन महिला खानेपानी भवन लगायत ९ ओटा भवन निर्माण गरेका छन् ।

त्यसैगरी पर्यटकीय स्थल बेनि संगममा ९ सय कृषि पेसामा आधारित घरपरिवार रहेको वडामा कृषिको आधुनिकिकरणका लागि वडाको तर्फबाट हाते ट्याक्टर वितरण बिषदी छर्ने स्पेयर, हजारी,मकै छोडाउने मेसिन तरकारीको बिउ तरकारी संकलनका लागी ६ ओटा स्टल निर्माण दुध ढुवानीका लागि अनुदान, बाख्रा पालक किसानलाई उन्नत बोका वितरणलगायतका काम वडाले गरेको छ ।

त्यस्तै युवा स्वरोजगारका लागि बाख्रा भैसी कुखुरापालन तथा तरकारी खेतीमा ४५० किसानलाई ६ हजार र ९ हजारका दरले अनुदान दिइएको उनी बताउँछन् । वडाअध्यक्ष रेग्मीको अनुसार यस्तो अनुदान उपलब्ध गराउनेमा गोरखा जिल्लामा सबैभन्दा अगाडी छ ।

उनको नेतृत्वमा गण्डकी गाउँपालिका वडा नं ८ मा शिक्षामा धेरै सकारात्मक परिवर्तन भएको छ । यसैबीच विद्यार्थीको संख्या न्यून भएका विद्यालय मर्ज गर्ने तथा मन्टेस्वरी माध्यमबाट पढाइ गरिएको छ । त्यस्तै प्राथमिक तहबाट अंग्रेजी माध्यममा पढाउने व्यवस्था लागु भइसकेको छ ।

भूकम्पले क्षतिग्रस्त सम्पूर्ण विद्यालयमा भवन निर्माण सम्पन्न गरिएको उनले बताए । साथै गरिव तथा विपन्न विद्यार्थीलाई वडाबाट छुट्टै बार्षिक २ लाख रुपैयाँको शैक्षिक सामग्री तथा विद्यालयको पोसाक दिँदै आएको छ ।

त्यस्तै बालबालिका तथा युवाहरुलाई खेलकुद तथा अन्य क्रियाकलापमा प्रोत्सहित गर्ने उद्देश्यसहित पालिकास्तरिय खेलकुद मैदान निर्माण थालिएको छ । करिब १ करोड रुपैयाँ लगानीमा नयाँ गाउँमा निर्माण गर्न लागिएको खेलकुद मैदानको ५० प्रतिशत काम सम्पन्न भएको छ । कवर्डहलका रुपमा निर्माण गरिएको सो मैदानमा फुटवल, भलिवल, क्रिकेट तथा अन्य खेलकुद कार्यक्रम आयोजना गर्न सकिन्छ ।

गाउँपालिका भित्रकै सबैभन्दा बढी सडक ढलान यस वडामा भएको उनी सुनाउँछन् । सो वडामा ६ सय ५० मिटर सडक ढलान भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here