लुम्बिनी प्रदेशमा कृषि कर्जा २६ प्रतिशत बढ्यो, दूध र मासुजन्य उत्पादनमा वृद्धि

फाइलफोटो

काठमाडौं, १७ असार । लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जा कृषि क्षेत्रमा आक्रामक देखिएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले जारी गरेको लुम्बिनी प्रदेशको अर्धवार्षिक आर्थिक अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो ।

आर्थिक गतिविधि अध्ययन अनुसार कृषि कर्जा २६.१५ प्रतिशतले वृद्धि भएको छ ।

कुल प्रवाहित कृषि कर्जामा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै (४०.८८ प्रतिशत) र रुकुमपूर्व जिल्लाको हिस्सा सबैभन्दा कम (०.०४ प्रतिशत) मात्र रहेको छ ।

समीक्षा अवधिमा पशुपन्क्षी उत्पादन मध्ये दूध उत्पादन १२.६७ प्रतिशत, मासु १५.१९ प्रतिशत, अण्डा २५.२८ प्रतिशत, छाला २.१४ प्रतिशत र हाड उत्पादन ६.४५ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा बाँके जिल्लामा मत्स्य पालनको भू–क्षेत्रमा वृद्धि र २५०० भुरा प्रति कट्ठा राख्न मिल्ने पङ्गास जातको माछा समेतको व्यवसायिक उत्पादन सुरु भएको कारण समग्र माछा उत्पादन १८.८६ प्रतिशतले वृद्धि भएको छ ।

ठ। सामुदायिक वनमा कटान कार्य नभएको कारण वनजन्य उत्पादन अन्तर्गत काठ उत्पादन २०.५२ प्रतिशत, दाउरा २६.९५ र औषधीजन्य वस्तु उत्पादन २६.८५ प्रतिशतले घटेको छ ।

ड। समीक्षा अवधिमा कुल खेतीयोग्य क्षेत्रफलको २५.८१ प्रतिशत र खेती गरिएको क्षेत्रफलको ४४.१३ प्रतिशत हिस्सा सिंचित भएको छ ।

समीक्षा अवधिमा तरकारी बालीले ढाकेको क्षेत्रफल ३.८८ प्रतिशत र तरकारी उत्पादन २०.२८ प्रतिशतले घटेको छ भने फलफूल तथा मसला बालीले ढाकेको क्षेत्रफल गत अवधिको तुलनामा १२.०१ प्रतिशत र उत्पादन २६.०९ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा नवलपरासी पश्चिम जिल्लामा केराले ढाकेका भू–क्षेत्र विस्तार हुनुको साथै केरा उत्पादन १८०.६१ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा रुकुम पूर्व जिल्लामा मह उत्पादनमा भारी गिरावट आएको कारण समग्र मह उत्पादन ७०.११ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here