पूर्वी नेपालमा बढ्दैछ नाइरोबी फ्लाईको संक्रमण, कति घातक ?

Photo : wikipedia

काठमाडौं, २५ असार । नेपालको पूर्वी तराईमा नाइरोबी फ्लाई किराका कारण हुने संक्रमण बढ्न थालेको छ । यो किराबाट निस्कने कडा एसिडका कारण मानिसको छालामा एलर्जी हुने गरेको छ ।

दमक अस्पतालमा दैनिक रुपमा ५० जनाभन्दा बिरामी नाइरोबी फ्लाई किराको एसिडका कारण घाउ भएर उपचारका लागि आउन थालेका छन् । पानी फोका रातो धर्का भएको एलर्जी समस्या लिएर काठमाडौंमा समेत मानिसहरु अस्पताल जान थालेका छन् । नाइरोबी फ्लाई बिटल्स प्रजातिको किटाणु हो ।

वर्षायाममा यो किराको संक्रमण देखिन्छ । यी किरा सुन्तला र कालो रंगका हुन्छन् । यी किरा सडेगलेका तरकारी, जनावर, बोटविरुवामा बस्ने रुचाउँछन् । किराले टोक्दैनन्, तर यदि कसैको छालामा बस्दा माडिएको अवस्थामा तिनीहरूले एक शक्तिशाली अम्लीय पदार्थ (एसिड) छोड्छ जसले छालालाई जलाउँछ ।

जसले बनाउने घाउ वा असामान्य दागह देखिन्छन् । एक वा दुई हप्तामा निको हुन थाल्छ । एलर्जी भएर माड्दा छालामा रातो हुने, पोल्ने, फोका आउने हुन्छ । धेरै चिलाएमा भने यसले अरुतिर संक्रमण गराउन सक्छ । कन्याउँदा दाग र खतसमेत बस्छ । यस किराबाट जटिलता भने नहुने चिकित्सकहरु बताउँछन् ।

के हो नाइरोबी फ्लाई ?

नाइरोबी फ्लाई एक प्रकारको झिँगा हो । यसलाई केन्यान फ्लाई वा ड्रागन बग नामले पनि चिन्ने गरिन्छ । सानो दह्रो पखेँटा भएको नाइरोबी फ्लाई पेडेरस एक्सिमियस र पेडेरस सबाइस गरी दुई प्रकारका हुन्छन् । यो सुन्तला र कालो रङका हुन्छन् । यो पानी परेको समयमा बढी देखिने गर्छ । अरू किराहरू जस्तै यसलाई पनि प्रकाश मन पर्छ ।

मानिसहरु यसरी नाइरोबी फ्लाइबाट प्रभावित हुँदै छन् ।

सामान्यतया यसले बालीनाली र मानिसका लागि फाइदाजनक किसिमका किराहरूलाई आक्रमण गर्छन् । कहिले काही मानिसको प्रतक्ष्य सम्पर्कमा आइपुग्दा हानी गर्ने गर्छन् । तर मान्छेलाई सिधै टोक्न भने आउदैनन् ।

यस किराले नटोक्ने चिकित्सकहरू बताउँछन् । तर किरालाई छुँदा एक शक्तिशाली एसिड निकाल्छन् । यस एसिडलाई पेडेरिन भनिन्छ । जसले गर्दा छाला चिलाउने, पोल्ने, नराम्रो दाग वा रङ देखापर्ने आदि समस्या हुने गर्छन् । एक वा दुई हप्तामा घाउ निको हुन थाल्छन् । तर छालालाई कन्याउँदा झन् थप असर गर्न सक्छ ।

केन्या र अफ्रिकाको अन्य क्षेत्रमा नाइरोबी फ्लाईको सङ्क्रमण देखिएको थियो । एसोसिएटेड प्रेसका अनुसार १९९८ मा भारी वर्षाका कारणले यस क्षेत्रमा अत्याधिक मात्रामा किराहरु आएका थिए । विगतमा अफ्रिकाबाहेक इन्डिया, जापान, इजरायल, पाराग्वेमा पनि यसको सङ्क्रमण देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here