चीनमा देशैभर किन भइरहेको छ प्रदर्शन ?

काठमाडौं, १२ मंसिर । चीनमा कोभिड नियन्त्रणका लागि जारी कडा प्रतिबन्धविरुद्ध सुरु भएको विरोध प्रदर्शन दोस्रो रातमै ठूला सहरहरूमा समेत फैलिएर व्यापक बनेको छ। राजधानी बेइजिङ र वित्तीय केन्द्र साङ्घाई सहरमा सयौँ प्रदर्शनकारीहरू जम्मा भएका छन् र उनीहरूले राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरिरहेको बीबीसीले लेखेको छ ।

प्रदर्शनकारीहरूले सीको शून्य(कोभिड नीतिमाथि प्रश्न गरिरहेका छन् जसमा सामूहिक परीक्षण, क्वारन्टिन र लकडाउनहरू समाविष्ट छन्।

उरुम्चीस्थित एक अपार्टमेन्टमा भएको आगलागीमा कम्तीमा १० जनाको ज्यान गएपछि त्यहाँ कोभिड निषेधाज्ञा विरुद्ध प्रदर्शनहरू सुरु भएका हुन्।

लकडाउनका कारण आगलागी भएको भवनमा उद्धार प्रभावित भएको प्रदर्शनमा उत्रिएकाहरूको आरोप छ। यद्यपि, सरकारी निकायहरूले भने उक्त आरोपको खण्डन गर्दै आएका छन्। अहिले प्रदर्शन चेङ्दु र सिआनका दक्षिण(पश्चिम सहरहरू र वुहानमा पनि सुरु भएको छ।

करिब तीन वर्षअघि वुहानबाटै कोभिड सङ्क्रमण सुरु भएको ठानिन्छ। प्रदर्शनका क्रममा धेरै प्रदर्शनकारीहरूले खाली ब्यानरहरू समातेको दृश्य देखिन्छ। उनीहरूले आफ्नो असन्तुष्टि व्यक्त गर्नका लागि सेतो कागज र खाली ब्यानर बोकेका हुन्। खाली ब्यानरहरू चीनमा सेन्सरशिपको प्रतीक हुन्।

चिनियाँ सरकारले समाजमा अत्यधिक रोक लगाएको छ। त्यहाँ सरकार र त्यहाँका नेताहरूको आलोचना गर्नुले आम मान्छेलाई ठूलो जरिवाना लगाइन सक्छ। लाखौँ मानिसहरू तीन वर्ष लामो प्रतिबन्धबाट आजित भएका छन् र अहिले उनीहरूको निराशा उत्कर्षमा पुगेको छ।

साङ्घाईमा जारी विरोध प्रदर्शनबारे रिपोर्टिङका क्रममा एक जना बीबीसी पत्रकारलाई चिनियाँ अधिकारीहरूले पक्राउ गरी हिरासतमा लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here