१८ हजार ३ सयले पाए सहुलियत ब्याजको ऋण, ३७ अर्ब ८३ करोड ऋण स्वीकृत

काठमाडौं १०, भदौं । गत असारसम्म १८ हजार ३ सयले जनाले सहुलियत दरको ऋण सुविधा लिएका छन् । सरकारको निर्देशनमा राष्ट्र बैंकले सहुलियत ब्याजदर सम्बन्धी कार्यविधि जारी गरेको थियो । सो कार्यविधि अनुसार विभिन्न सात शिर्षकमा सहुलियत ब्याजदरको ऋण सुविधा पाइन्छ ।

ती सात प्रकारमध्ये व्यवसायीक कृषि तथा पशुपक्षी कर्जा तीन वर्ष अघिकै हो । कामका लागि विदेशिने नागरिकलाई स्वदेशमै रोक्ने र उनीहरुलाई कृषि उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले सरकारले तीन वर्ष अघि व्यवसायीक कृषि तथा पशुपंक्षी कर्जा कार्यक्रम ल्याएको थियो । गत वर्ष त्यसमा अरु ६ वटा शिर्षक थपेर सरकारले सात प्रकारका सहुलियत ब्याजदर कार्यक्रम लागु गरेको थियो ।

तीन वर्ष अघि सञ्चालन भएकै कारण हालसम्म १७ हजार २ सय ३ जनाले व्यवसायीक कृषि कर्जा सुविधा पाएका छन् । गत असारसम्म १ हजार ९२ जनाले मात्र बाँकी ६ प्रकारका कर्जा सुविधा पाएका छन् । असारसम्म स्वीकृत भएको ऋणमध्ये पनि ३७ अर्ब १२ करोड ६९ लाख रुपैयाँ कृषि कर्जामा मात्र लगानी भएको छ । बाँकी ६ वटा कर्जामा ७१ करोड रुपैयाँ मात्र लगानी भएको छ ।

असारसम्म ३७ करोड ७३ लाख स्वीकृत भएपनि ३२ अर्ब ८२ करोड रुपैयाँ मात्र लगानी भएको राष्ट्र बैंकको तथ्यांक छ ।

सोही अवधिमा शिक्षित युवा स्वरोजगार कर्जा २४ जनाले, विदेशबाट फर्केका युवा परियोजना कर्जा ४९ जनाले, महिला उद्यमशिल कर्जा ७ सय ९६ जनाले, दलित समुदाय व्यवसाय विस्तार कर्जा ९६ जनाले, उच्च प्राविधिक तथा व्यवसाय विस्तार कर्जा ६० जनाले र भुकम्प पीडितको निजी आवास निर्माण कर्जा ९३ जनाले प्राप्त गरेको राष्ट्र बैंकले जनाएको छ ।

उल्लिखित सात वटै शिर्षकमा कर्जा प्रवाहका लागि विभिन्न प्रकारको मापदण्ड पुरा गर्नु पर्छ । उक्त मापदण्ड पुरा भएका व्यक्तिले तोकिएको सुविधा पाउने कार्यविधिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here