किसानले प्याज उत्पादन गरेका वेला बजारमा मूल्य असाध्यै सस्तो पर्छ। उनीहरुसँग प्याजलाई भण्डार गरी राख्ने क्षमता हुँदैन। तर, आलु भने अधिकांसको भान्साको लागि अनिवार्य नै हुने गरेको छ । त्यस कारण नै आलुको आयत उच्च हुने गरेको छ ।
यस अवधिमा गोलभेडा, प्याज, लसुन, काउली, बन्दा, गाँजर, मोटरकोसा, भण्टा, ताजा गेडागुडी, कुरिलो, फर्सीलगायतका अन्य हरियो तरकारी आयात बढी भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
यस अविधिमा गोलभेडा, प्याज, लसुन, काउली, बन्दा, गाँजर, मोटरकोसा, भान्टा, ताजा गेडागुडी, कुरिलो, फर्सीलगायतका अन्य हरियो तरकारी आयात बढी भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
मासिक अर्बौैं रकमको तरकारी आयात भएतापनि नेपाली बजारमा हरियो तरकारीको मूल्य भने बढेको बढै रहेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांक अनुसार गएको २५ दिनमा सबैभन्दा धेरै मूल्यवृद्धि कुरीलोको भएको छ ।
सबैभन्दा धेरै तरकारी छिमेकी देश भारतबाट आयात भएको छ । मासिक अर्बौैं रकमको तरकारी आयात भएतापनि नेपाली बजारमा हरियो तरकारीको मूल्य भने बढेको बढै रहेको छ । विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा नेपालमा ३८ अर्ब रुपैयाँको हरियो तरकारी आयात भएको थियो ।