Tag: निजगढ विमानस्थल

निजगढबाट शीर्ष नेताको सन्देश : विमानस्थल जसरी पनि बन्छ

निजगढ विमानस्थलमा वातावरण की विकास भन्ने बहस अन्ततः टुंगिएको छ । सर्वोच्च अदालतले वातावरणको कम क्षति गर्दै सोही स्थानमा विमानस्थल बनाउन सकिने विकल्प खुला गरेसँगै सरकार यो आयोजनालाई पुनः अगाडी बढाउन तम्सिएको छ ।

निजगढ विमानस्थल: ४२ सय रुख कटानको प्रक्रिया अगाडि बढाउने निर्णय

निजगढ विमानस्थल निर्माणमा अन्तरनिकाय समन्वयसम्बन्धी उच्चस्तरीय सहजीकरण समितिले आयोजना कार्यहरु अघि बढाई १० दिनभित्र प्रगति प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

‘निजगढ विमानस्थलले २० वर्षमा ८२ अर्बभन्दा धेरै कमाइ गर्छ’- क्यान

क्यानले प्रारम्भिक अध्ययनबाट तयार पारेको प्रतिवेदनले सन् २०२५ सम्ममा उक्त विमानस्थलको पहिलो चरणको काम सकिएर उडानयोग्य भएमा पहिलो वर्षमै १ लाख ३ हजारभन्दा बढी उडानबाट २३ अर्बभन्दा धेरै कमाई गर्नसकिने समेत देखाएको छ ।

निजगढ विमानस्थलको पहिलो चरणको काम सम्पन्न गर्न १ खर्ब ५० अर्ब...

सरकारले अबको पाँच वर्षमा अन्तराष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माणको लागि निकै ठूलो मात्रामा धनराशी खर्च गर्ने भएको छ । बाराको निजगढमा बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि पहिलो चरणको काम सम्पन्न गर्न १ खर्ब ५० अर्ब खर्चिँदै छ ।

निजगढ ‘गेम चेन्जर प्रोजेक्ट’ हो, पाँच वर्षमा जहाज उड्छ

'त्रिभुवन विमानस्थलले हवाई चाप धान्दैन्, अब सरकारको अर्जुनदृष्टि निजगढ विमानस्थलमा नै छ । अब हामीले जसरी पनि पाँच वर्षमा निजगढलाई व्यवसायिक उडान गर्नसक्ने बनाउनुपर्छ ।’

निजगढ विमानस्थल निर्माणको लागि जुरिचसँग प्रस्ताव माग

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाले गति लिने भएको छ । पहिलो चरणमा एक लाख २० हजार रुख काट्ने विषयलाई लिएर रोकिएको विमानस्थल निर्माणको लागि लगानी बोर्डले सार्वजनिक रुपमा प्रस्ताव माग गरेसँगै निर्माणले गति लिएको हो ।

सर्वोच्चको अन्तरिम आदेशसँगै निजगढ विमानस्थल अन्यौलमा

रिटमा निजगढ विमानस्थलका लागि ८ हजार बढी रूख काट्नुपर्ने, रूख काट्दा जंगली जनावरको वासस्थान हराउने, जैविक विविधता, पानीको स्रोत सुक्ने र तराई क्षेत्र मरभूमीकरण हुने खतरा रहेको उल्लेख छ।

‘निजगढ विमानस्थल नेपालको ‘गेम चेन्जर’ आयोजना हो,सरकार पछि हट्दैन’

निजगढ अन्तरराष्ट्रिय विमानस्थल एक निर्विकल्प विकल्प हो, यसमा सरकार पछि हट्दैन । यसको अरु विकल्प छैन । यो विमानस्थल नेपालको निम्ति एउटा ‘गेम चेन्जर’ आयोजना हो । विशेषज्ञले दर्जनौँ ठाउँका अध्ययन गरेपछि यो उपयुक्त स्थल किटान भएको हो ।

निजगढ विमानस्थलको निर्माण प्रक्रिया रोक्न सर्वोच्चको आदेश

काठमाडौं, २० मंसिर । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रुख कटानबारे कुनै निर्णय नलिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बारामा भइरहेको...