त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । ४६ अंगिक क्याम्पस सहति अरु सम्बन्धन प्राप्त क्याम्पसमा पनि आज चुनाव हुँदैछ ।
परीक्षामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेमा परीक्षा रद्द गर्ने भएको छ । त्रिविबाट सञ्चालन हुने कुनै पनि तहको परीक्षामा एआई प्रयोग भएको प्रमाणित भएमा सो परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।