मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । महोत्सवमा १८ नाटकको २५ मञ्चन हुँदैछ ।
दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो दिन शनिबार सुप्रशिद्ध भारतीय रङ्गकर्मी तथा अभिनेत्री शबाना आजमीको मास्टरक्लास हुँदैछ । आजमी महोत्सवको उद्घाटन कार्यक्रमा भाग लिन यसअघि नै काठमाडौं आइसकेकी छिन् ।