नबिल बैंकको कमायो २ अर्ब १८ करोड खुद नाफा, प्रतिसेयर आम्दानी कति ?
बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ८.२० प्रतिशतले बढेको छ ।
सहकारीको ब्याजदर सीमा र सेवा शुल्क तोकियो, कर्जामा अधिकतम १६ प्रतिशत
ब्याजदर निर्धारण समितिको सिफारिसमा सहकारीले कर्जा लगानी गर्दा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । त्यस्तै बचत तथा कर्जाको ब्याजदर अन्तर ६ प्रतिशतभन्दा बढी हुन नहुने उल्लेख गरिएको छ ।
ब्याजदर बढाउँदा पनि बढेन वाणिज्य बैंकहरुको निक्षेप, कर्जा प्रवाह सुस्त
माघ मसान्तमा वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा फागुन दोस्रो शुक्रवारसम्म आउँदा २ अर्बले मात्रै बढेर ४३ खर्ब १३ अर्ब पुगेको छ ।
ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच समझदारी
काठमाडौं, २७ फागुन । ग्लोबल आइएमई बैंक र कामना सेवा विकाश बैंक बीच गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार कामना सेवा विकाश बैंकका ग्राहकहरुले आफ्नो व्यवसायलाई...
बैंकहरुको ब्याजदर फागुनदेखि यथावत, असारमा पनि नबढाउने सहमति
अहिले निक्षेपतर्फ व्यक्तिगत मुद्दतीमा ११.०३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा १०.०३ प्रतिशत ब्याज बैंकहरूले दिइरहेका छन् । यसैगरी बचतमा न्यूनतम ६.०३ प्रतिशत र रेमिट्यान्स खातामा १२.०३ प्रतिशत ब्याज दिइरहेका छन् ।
नबिल निक्षेप संकलन र कर्जा लगानी ‘नम्बर वान’ बैंक, सीडी रेसियो कुनको कति ?
सबैभन्दा बढी सीडी रेसयो नबिल बैंकको ८९.७९ प्रतिशत छ। बैंकको कुल निक्षेप ३ खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ भने ऋण ३ खर्ब ९ अर्ब ६ करोड नाघेको छ।
कर्जा लगानीमा लघुवित्तहरु आक्रामक, ऋणी संख्या २९ लाख ९२ हजार नाघ्यो
लघुवित्त संस्थाहरुको केन्द्र संख्या ३ लाख ६२ हजार ९ सय ८२, समूह संख्या ११ लाख ८३ हजार ३ सय ६४, सदस्य संख्या ५१ लाख ९१ हजार ३ सय ६३ तथा ऋणी संख्या २९ लाख ९२ हजार ६८ रहेका छन्। लघुवित्त वित्तीय संस्थाको उपस्थिति ७७ जिल्लामा रहेको छ ।
मञ्जुश्री फाईनान्सको २७ औं शाखा उद्घाटन, नयाँ शाखा ललितपुरको कुमारीपाटीमा
मञ्जुश्री फाईनान्स लिमिटेडले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ५ कुमारी पाटीमा आफ्नो २७ औं शाखा उद्घाटन गरेको छ ।
ग्लोबल आइएमई बैंक र त्रिविको सहकार्यमा आयुर्वेद अस्पताल परिसरमा वृक्षारोपण
काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस प्रमुख प्रा. डा. शिवमंगल प्रसाद...
एनआईसी एशिया बैंकको नाफा ४९ प्रतिशत वृद्धि
देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।